back
CTIZAN AD

‘आफ्नो गाँऊ,आफै बनाऊ’ भन्दै नाम्जुङ्गेहरुको बृहत भेला सम्पन्न

वि.सं.२०७३ चैत ११ शुक्रवार

1.2K 

shares

namjing2११ चैत, काठमाडौं । ‘आफ्नो गाँऊ,आफै बनाऊ’ भन्ने मुल नाराका साथ गोरखा जिल्लाको नाम्जुङ्ग गा.बि.स. मा गठीत ‘नाम्जुङ्ग सेवा समाज’ को भेला तथा बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नाम्जुङ्ग सेवा समाजको स्थापना, उद्धेश्य र बर्तमान कार्ययोजनाको बारेमा छलफल गर्ने अभिप्रायले फाल्गुन २८ शनिबारको दिन काठमाण्डौको सामाखुशी स्थित नवजीबन कलेजमा आयोजित अन्तरक्रिया तथा बृहत नाम्जुङ्गे भेलामा तत्कालै गाँउमा एम्बुलेन्स खरिद तथा सेवा सँञ्चालन गर्ने कार्य योजनाको बारेमा जानकारी गराईएको थियो ।

namjung4

प्रतिकुल मौषम र नेपाल बन्दको बावजुद पनि कार्यक्रम,बिभिन्न सामाजिक ब्यक्तित्व,राष्ट्रिय स्तरका कलाकारहरु,बिभिन्न साहित्यिक बिधाहरू र अन्य सर्बसाधरणहरुको उपस्थिति रहेको उक्त भेला सँगीतमय र साहित्यिक माहोलका साथ सम्पन्न भएको थियो ।

कार्यक्रम,नेपाली सँगीतको क्षेत्रमा उदयमान गाएक तथा मोडल साथै सँस्थाका प्रथम उपाध्यक्ष दिनेश थापाले सँचालन गर्नुभएको थियो।
उक्त कार्यक्रलाई सम्बोधन गर्दै बिभिन्न राजनैतिक दलका प्रतिनिधि,सामाजिक र बौद्धीक ब्यक्तित्वहरुबाट अब राजनिति भन्दा माथी उठी एकताबद्ध भई समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

namjung1

सँस्थाका सचिब रामबाबु रेग्मीले सँस्थाको स्थापना,कार्य योजना र उद्धेश्यको बारेमा प्रष्ट पार्नु भएको थियो ।

समाजद्धारा बर्तमान कार्य योजनमा रहेको एम्बुलेन्स खरिद तथा सँचालन अभियानमा सँकलित रकम र प्रतिबद्धता रकम सार्बजनिक तथा सहयोग दाताहरूलाई स-धन्यबाद ब्यक्त गरिएको थियो।

bhela

यसै गरि सोही अभिप्रायले फाल्गुन ३० का दिन जनशक्ति मा.बि मा पनि बृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो।

namjingf33
नामजुङ्ग गा.बि.स. का ९ वटै वडाबाट समाज सेवी, शिक्षक तथा शिक्षिका, बिभिन्न राजनितिक दलका प्रतिनिधि र अन्य सर्बसाधरणहरुको उत्साहजनक उपस्थितिमा अत्यन्त्यै सार्थक र अर्थपूर्णका साथ सम्पन्न भएको थियो ।

यसै क्रममा आफ्नो मन्तब्य राख्दै देश तथा बिदेशमा रहने सम्पूर्ण नाम्जुङ्गबासीहरुलाई सामाजिक सद्भाब र एकताबद्ध गरि समृद्ध समाज निर्माणको लागि गाँऊबाट नै शुरुवात गर्ने पबित्र उद्धेश्यका गठन भएको उक्त सँस्थाले देश तथा बिदेशमा रहेको संभाबित श्रोत र साधनलाई गाँऊ सम्म ल्याउने र गाँऊको सामाजिक क्षेत्रमा उपयोग गर्ने सँस्थाका अध्यक्ष शिब बन्जारा ले बताउनु भयो ।

namjung5

यहाँहरुको सहभागिता, अमुल्य सल्लाह,सुझाव साथै प्रेरणाले नयाँ ऊर्जा,उत्साह र थप जिम्मेवारी बोधको महषुश भएको अध्यक्ष्य बन्जाराले बताउदै यस पबित्र अभियानमा सबैलाई हातेमालो गर्दै एक साथ अगाडी बढ्न पनि आह्वान गर्नु भएको छ। साथै यस एम्बुलेन्स खरिद तथा सँञ्चालनको लागि आर्थिक सहयोग संकलन तिब्र गतिमा अगाडी बढीरहेकोले यस महान अभियानमा आ-आफ्नो ठाँऊबाट सक्दो सहयोग गर्न ‘नाम्जुङ्ग सेवा समाज’ ले सबै नाम्जुङ्गबासी र सामाजिक मनहरुमा हार्दिक अपिल गरेको छ ।

namjung55

वि.सं.२०७३ चैत ११ शुक्रवार ११:२१ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...