सियोल । आयात कर्ताहरूद्वारा ऊर्जामा उच्च लागतका बीच पनि गत महिना दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमी आएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ ।
बैंक अफ कोरियाका अनुसार जुन महिनाको अन्तमा विदेशी मुद्राको सञ्चिति ८७.०६ अर्ब अमेरिकी डलर थियो । यो मे महिनाको तुलनामा २.११ अर्ब डलरले कमी हो ।
कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप एक महिना पहिलेको तुलनामा १.३४ अर्ब डलरले घटेर ७२.५७ अर्ब डलर पुगेको छ ।
डलरमा आएको वृद्धिपछि कोरियालीहरूले अमेरिकी डलर कोषबाट ७७ करोड अमेरिकी डलर अफलोड गर्दा उक्त सञ्चिति घटेर १४.४९ अरब अमेरिकी डलर पुगेको छ ।
जुनमा प्रति डलर १२८० दशमलब ८० रहेको कोरियाली वोनमा भने अघिल्लो महिनाको तुलनामा १२.४ वनले वृद्धि भएको छ ।सिन्ह्वा
वि.सं.२०७९ साउन ७ शनिवार १०:०५ मा प्रकाशित






























