back
CTIZAN AD

निर्वाचनको मिति सार्नेभन्दा निर्वाचनपछि संविधान संशोधन

वि.सं.२०७३ चैत ११ शुक्रवार

867 

shares

 ११ चैत, काठमाडौँ। विभिन्न राजनीतिक दलका नेताले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नेभन्दा पनि निर्वाचनपछि संविधान संशोधन गर्न सकिने भएकाले उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले पछिल्लो पटक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सकारात्मक भइरहेको अवस्थामा सीमाङ्कनबाहेकका अन्य विषयमा संविधान संशोधन गरेर मधेस केन्द्रित दललाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो ।

एमाले स्थायी समिति सदस्य शङ्कर पोखरेलले सीमाङ्कनबाहेक अन्य विषयमा छलफलसम्म गर्न सकिए पनि यथास्थितिमा संविधान संशोधन गर्न सक्ने अवस्था नरहेको बताउँदै निर्वाचनमा सबै दललाई सहभागी गराउनेभन्दा पनि धेरैभन्दा धेरैलाई सहभागी गराउन सक्नुपर्छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता अग्निप्रसाद सापकोटाले संविधानप्रति असन्तुष्ट सबै दलको सहभागितामा निर्वाचन हुने गरी सकारात्मक वातावरण सिर्जना भएको जिकिर गर्नुभयो । तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले संविधान संशोधन गरी मधेसी समुदायका मागलाई सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उपे्रतीले ‘तोकिएको मितिमा नै सबै स्थानमा निर्वाचन गराउन गाह्रो हुने भएकाले’ दुई चरणमा सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ चैत ११ शुक्रवार १५:२६ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...