back

निर्वाचनको मिति सार्नेभन्दा निर्वाचनपछि संविधान संशोधन

वि.सं.२०७३ चैत ११ शुक्रवार

639 

shares

 ११ चैत, काठमाडौँ। विभिन्न राजनीतिक दलका नेताले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नेभन्दा पनि निर्वाचनपछि संविधान संशोधन गर्न सकिने भएकाले उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले पछिल्लो पटक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सकारात्मक भइरहेको अवस्थामा सीमाङ्कनबाहेकका अन्य विषयमा संविधान संशोधन गरेर मधेस केन्द्रित दललाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो ।

एमाले स्थायी समिति सदस्य शङ्कर पोखरेलले सीमाङ्कनबाहेक अन्य विषयमा छलफलसम्म गर्न सकिए पनि यथास्थितिमा संविधान संशोधन गर्न सक्ने अवस्था नरहेको बताउँदै निर्वाचनमा सबै दललाई सहभागी गराउनेभन्दा पनि धेरैभन्दा धेरैलाई सहभागी गराउन सक्नुपर्छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता अग्निप्रसाद सापकोटाले संविधानप्रति असन्तुष्ट सबै दलको सहभागितामा निर्वाचन हुने गरी सकारात्मक वातावरण सिर्जना भएको जिकिर गर्नुभयो । तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले संविधान संशोधन गरी मधेसी समुदायका मागलाई सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उपे्रतीले ‘तोकिएको मितिमा नै सबै स्थानमा निर्वाचन गराउन गाह्रो हुने भएकाले’ दुई चरणमा सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ चैत ११ शुक्रवार १५:२६ मा प्रकाशित

Himalayan Life AD
चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...