back
CTIZAN AD

स्थानीय तहको निर्वाचन सफल पार्न पूर्वअध्यक्ष राणाको निर्देशन

वि.सं.२०७३ चैत १२ शनिवार

846 

shares

१२ चैत, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

राप्रपा भक्तपुर निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले कुनै पनि बाहनामा अब निर्वाचन नरोकिने भएकाले निर्वाचन सफल पार्न निर्देशन दिनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीको सङ्गठन बलियो रहेका क्षेत्रमा एक्लै र कमजोर सङ्गठन रहेको क्षेत्रमा अन्य दलसँग समीकरण गरेर निर्वाचनमा भाग लिन निर्देशन दिनुभएको छ ।

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुटु भएकाले कोही कसैले यसलाई पार्टीको विधानबाट हटाउन नसक्ने जिकिर गर्दै उहाँले राप्रपाको मूल एजेण्डामाथि निर्वाचन आयोगले हस्तक्षेप गरेर गैरजिम्मेवारपूर्ण कार्य गरेको बताउनुभयो । नेता राणाले यो निर्णय नसच्याएसम्म पार्टीले सरकार, सदन र सडकमा आन्दोलन जारी राख्नेछ भन्नुभयो ।

उहाँले यही एजेण्डा बोकेर पार्टीले दुईवटा निर्वाचन सम्पन्न गरिसकेको र २०७० सालको निर्वाचनमा हिन्दूराष्ट्र बनाउन लोकप्रिय जनमत प्राप्त गरेको उल्लेख गर्नुभयो ।

पार्टीका प्रवक्ता भुवन पाठक तथा केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले निर्वाचन आयोगले राप्रपाको एजेण्डालाई कमजोर बनाउन खाजेको भन्दै यस्तो निर्णय नसच्याए सत्ता छोडेर आन्दोलनमा होमिन बाध्य हुने बताउनुभयो ।

वि.सं.२०७३ चैत १२ शनिवार ०३:०६ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...