back
CTIZAN AD

तनहुँ अस्पतालमा सात जनामा डेङ्गु भेटियो

वि.सं.२०७९ साउन १३ शुक्रवार

723 

shares

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताए ।

उनका अनुसार अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी विभिन्न समस्याले उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक मात्रमा रहेका छन् । बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन डेङ्गुका बिरामी भेटिएको उनले जानकारी दिए । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेङ्गुको मुख्य लक्षण हुने डा रानाले बताए ।

अस्पतालमा व्यास नगरपालिका– १०, १२, ५ र ३ लगायतका वडाका २० देखि ४० वर्ष उमेरका रहेका छन् । त्यसमध्ये महिलाको सङ्ख्या बढी रहेको अस्पतालले जनाएको छ । दमौलीमा एकवर्ष अघि फाट्टफुट्ट मात्रमा डेङुगुका बिरामी देखिने गरे पनि हिजाआज बढी देखिन थालेको अस्पतालका अहेब मदन गौतमले बताए ।

डेङ्गु विशेष गरी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने लामो लुगा लगाउन र सुत्ने समयमा झुलको प्रयोग गर्नुपर्ने उनले बताए । डेङङ्गु भएका बिरामीले कमजोर महसुस गर्ने हुँदा झोलिलो र तागतिलो खानेकुरा खानका लागि चिकित्सकले सुझाव दिएका छन् ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १४:३८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...