Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

एसईई : कम ग्रेड ल्याउदैमा आत्तिन पर्दैन



भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्राप्त गरी ए प्लस, ए, वि प्लस, वि वा पास भएँ भनि खुसी हुँदै बस्नु भएका सम्पुर्ण भाई बहिनीमा बधाई तथा शुभकामना । यसो भनिरहँदा आफ्नो सोंचअनुसार ग्रेड प्राप्त नगर्नु भएको वा खुसि हुन नसक्नु भएका सम्पुर्ण भाइ बहिनीहरुलाई समेत उपयोगी हुने गरेर केही सुझाव दिने प्रयास गरेको छु ।

फलामको गेट भनेर चिनिने एस।एल।सी् पछिल्लो समयमा एसईईको रुपमा ग्रेडिङ प्रणालिमा गएसँगै केही सहज हुँदै गएतापनि यसको बुझाईमा र दिईने महत्वमा तात्विक भिनन्नता आएको छैन । अझैपनि ग्रेड र जि.पि.ए. अनुसार उच्च शिक्षाको विषय छनौट गर्ने प्रवृति हराएको छैन जुन आफैमा अव्यवहारिक र अवैज्ञानिक छ । मेरा सुझावहरु ए प्लस ल्यायर हर्षित भएर खुसि मनाईरहनु भएको र सोचेको ग्रेड प्राप्त नगरी हिनता बोध गरेर बस्नु हुने सम्पुर्णमा केन्द्रित छ ।

१. राम्रो ग्रेड र राम्रो विषयको भ्रममा नपर्नुहोस् ।

अङ्क मात्रले तपाईँको अबको विषय छनौट नगर्नुहोस् । कक्षा ११ र १२ को विषय छनौटले जिन्दगीको बाटो डोर्‍याउने हुँदा साथी भाईको लहैलहैमा लाग्नु वा राम्रो ग्रेडले विज्ञान, व्यवस्थापन पढ्नुपर्छ भन्ने सोच हटाउनुहोस् । शिक्षा, मानविकि वा हरेक क्षेत्र मा राम्रो अब्बल व्यक्तिको खाँचो छ भन्ने बुझ्नुहोस् । अब्बल व्यक्तिले जुनसुकै क्षेत्रमा राम्रो गर्न सक्छन् भन्ने बुझ्न जरुरी सम्झिनुहोस् ।

२. घरको आर्थिक अवस्थाको विचार गर्नुहोस् ।

सबैको एकै किसिमको पारिवारिक अवस्था नहुन सक्छ । यदि तपाईमा चाँडै नै परिवारको जिम्मेवारी आउदैछ भने सोहीअनुसार डिप्लोमा कोर्स, कम्युटर तथा आई।टि, स्वास्थ्य सम्बन्धि डिप्लोमा वा प्रि डिप्लोमा कोर्सहरुको खोजि गर्नुहोस् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले यस किसिमका तालिममा वा कोर्सहरुमा सहुलियत वा छात्रवृतिको समेत व्यवस्था गरेको हुन्छ । जसले २ देखि ३ वर्षपश्चात तपाईलाई स्वरोजगार हुन सहयोग पुर्‍याउने र तपाई आफ्नो बाँकि पढाई अघि बढाउन सक्नुहुनेछ ।

३. राम्रो कलेजको भ्रममा नपर्नुहोस् ।

अबको पढाई कलेजको भन्दा पनि तपाईको मिहेनत र ईच्छामा निर्भर गर्दछन् ।+2 वा डिप्लोमा पश्चात तपाईंको प्राप्ताङक भन्दा पनि तपाईको पढाईको बुझाईले बढि महत्व दिन्छ । जसले गर्दा राम्रो कलेजको नाममा आफ्नो परिवारलाई अनावश्यक बोझ नदिनुहोस् । तपाईं सामान्य कलेजमा पढेरसमेत भविष्य राम्रो गराउन सक्नुहुनेछ । कलेको भौतिक सुविधालाई भन्दापनि केही व्यवस्थापकीय पक्ष तथा प्रशिक्षकको बारेमा जानकारी लिनुहोस् ।

४. ग्रेडको घमन्ड वा हिनता त्याग्नुहोस् ।

अबको पढाईमा तपाईँले हालसम्म प्राप्त गरेको ज्ञानले धेरै सहज त अवश्य बनाउदैछ तर, यो भन्दैमा एसईई टप गरेको विद्यार्थीले उच्च शिक्षामा राम्रो नै गर्छ भन्ने ग्यारेन्टी छैन । अबको बाटो केही फरक छ भन्ने बुझ्नुपर्छ ११ वा डिप्लोमा सुरु गरेपछि तपाईंले प्राप्त गरेको ग्रेडलाई बिर्सिन तयार हुनुहोस् । जसले तपाईको घमन्ड वा ग्रेड कमको हिनतालाई हटाई पढाईलाई सहयोग पुर्‍याउँछ ।

५. सङगत र आत्म-अनुशासनमा विचार गर्नुहोस् ।

एसईई पास हुनेमा धेरै जसो १४ देखि १८/१९ उमेर समुहका हुनुहुन्छ जुन जिवनको अत्यन्त सेन्सेटिभ समय हो । एसईई मा अत्यन्त राम्रो ग्रेड प्राप्त गरेर समेत ११/१२मा पढाई विचमै छुटाएका उदाहरणहरु धरै छन् त्यसैले साथि र सङ्गत मा विचार पुर्याउनुहोस् । तपाईले एसईईमा उत्कृस्ट ग्रेड हासिल गर्दैमा सधैभरि सफल हुन्छु भन्ने भ्रम हटाउनु आवश्यक छ । अबको दिनमा तपाईं अझ बढि लगनसिल र अनुशासित भएर मेहनत गर्नु जरुरी हुन्छ ।

६. विषय छनौटमा अलि बढि खुला हुनुहोस् ।

समाज र साथी भाईलाई समेत जानकारि नभएका विषयहरु तपाईको लागि राम्रो हुन सक्छन् विभिन्न प्राविधिक धारका विषयहरुको बजारमा चर्चा परिचर्चा समेत हुँदैनन तथा कतिपय साहित्य, कलाका बिषयमा समेत तपाईले राम्रो गर्न सक्नुहुनेछ त्यसैले तपाई उच्च शिक्षाको निमित्त खुला हुनुपर्दछ र धेरै व्यक्तिहरुसँग बुझ्ने र जानकारी लिने गर्नुहोस् ।

७. एसईईले जागिरको अवसरसमेत खोलेको कुरा नबिर्सिनुहोस् ।

सबैको परिवार र विचार एकै किसिमको हुन्छ भन्ने छैन एसईईसँगसँगै तपाईले नेपालमा सरकारी क्षेत्रमा खरिदार तथा नेपाली सेना मा सिपाही नेपाल प्रहरी, ससस्त्र प्रहरीमा जवान तथा अन्य संस्थानहरुमा समेत जागिरको निमित्त योग्य हुनुहुन्छ भन्ने कुराहरु याद गर्नुहोस् । नेपालमा २५,२६ वर्षको उमेरमा मास्टर्स सकेर खरिदार मा प्रवेस गर्नेहरु धेरै हुनुहुन्छ । त्यसैले आफ्नो रहरको क्षेत्रमा प्रवेस गर्नुभयो भने भविष्यमा जागिरसँगसँगै पढाईसमेत अघि बढाउन सक्नुहुनेछ । यो मात्र नभएर बिभन्न प्राविधिक कोर्सहरुमा पढाईसँगसँगै आम्दानीको समेत अवसर प्राप्त हुने हुदा यसमा समेत तपाईले ध्यान दिनुपर्ने हुन्छ ।

८. कलेजमा छुट वा छात्रवृति माग्न नहिच्किचाउनुहोस्।

कतिपय कलेज हरुले छात्रवृतिकै लागि प्रवेस परिक्षा राखिरहेको हुन्छन जुनमा सहभागि भएर तपाईले छुट प्राप्त गर्न सक्नुहुनेछ। यदि परिक्षा छुट्यो वा विषेष गरि सरकारी विद्यालयमा नेपाली माध्यममा पढेर पास गर्नुभएकोलाई गार्हो पर्न सक्दछ नआत्तिनुहोस् कलेज व्यवस्थापनसँग खुलेर छुट माग्नुहोस् तपाइको केहि पैसा बचत हुन जान्छ ।

९. कम ग्रेड ल्याउदैमा नआत्तिनुहोस् ।

तत्कालको ग्रेडलाई हेरेर तपाई आत्तिनु पर्ने छैन । विभिन्न कारणले परिक्षा राम्रो गर्दा गर्दै पनि कम ग्रेड आएको हुनसक्छ कतिपय अवस्थामा पुन जोड गर्दा पनि ग्रेड परिवर्तन भएका उदाहरण छन् । थप ग्रेड वृदि गर्न परिक्षा दिन सक्नुहुन्छ। तथा कतिपय विषय कठिन लाग्छन र भविष्यमा सिपमुलक तालिम लिएर अघि बढ्न चाहनुहुन्छ भने समेत ग्रेडले तपाईलाई फरक पार्ने छैन ।

अन्त्यमा, तपाईको गुणस्तर मापन गर्ने साधन एसईईको ग्रेड हुँदै होईन । तपाईले राम्रो मानिने ग्रेड प्राप्त गर्नु भएको छ भने यसलाई हौसलाको रुपमा लिन सक्नुहुनेछ जसले तपाईको जिन्दगिका आगामि वाटो मार्गदर्शन गर्न सहयोग गर्ने छ। र यदि नतिजा मा सन्तुष्ट हुनुहुन्न भने पनि नआत्तिनुहोस् तपाईले आगामि दिनमा धेरै राम्रो गर्ने अबसर प्राप्त गर्नुहुनेछ। फेरी पनि सम्पुर्णमा आगामि यात्राको लागि शुभकामना ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति गरेपनि पाँच दलीय सत्ता गठबन्धनमा

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको