back
CTIZAN AD

एनआईसी एसियाले सुरु गर्यो मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा

वि.सं.२०७९ साउन १३ शुक्रवार

771 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा सुरु गरेको छ । बैंकले नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा सुरु गरेको हो ।

यस सेवा मार्फत अब बैंकका ग्राहकहरुले सहज रुपमा बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सेवाअन्तर्गत बैंकमा गएर कुनै भौतिक फारमविना ग्राहकहरुले खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने जनाएको छ ।

बैंकका अनुसार मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने छ । बैंकले एकजना ग्राहकको खातामा एकपटकमा अधिकतम ९९ हजार ५ सय रुपैयाँ गरी दैनिक अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने जनाएको छ ।

बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्न सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्ने बताइएको छ । उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुने बैंकले जनाएको छ ।

उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको बताइएको छ ।

बैंकले यो सेवा हाल न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको बताइएको छ । साथै बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाइकलर मेसिनबाट समेत सेवा सुचारु गरिसकेको जनाएको छ ।

एनआइसी एसियाको नाफा ३८.८३ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन १३ शुक्रवार १५:१८ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...