back
CTIZAN AD

एक वर्षमा नेपालीले खाए साढे १७ अर्बको विदशी फलफुल

वि.सं.२०७९ साउन १७ मंगलवार

696 

shares

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफुल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफुल नेपाल भित्रिएको हो ।

सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफुल नेपाल भित्रिएको छ ।

गतवर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरेको छ ।

सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ ।

विभागका अनुसार गतवर्ष १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रपैयाँको भुइकटर नेपाल भित्रिएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफुलहरु आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफुल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

वि.सं.२०७९ साउन १७ मंगलवार १५:४९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...