back
CTIZAN AD

ताइवानपछि अमेरिकी सभामुख पेलोसीले भेटिन् जापानका प्रधानमन्त्री

वि.सं.२०७९ साउन २० शुक्रवार

591 

shares

टोकियो,जापान । जापानी प्रधानमन्त्री फुमियो किशिदा र भ्रमणरत अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावकाबीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छन् ।

“हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्नसँगै काम गर्नेछौंँ,“ किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ । “चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,“ उनले भने ।

जापान सरकारले बिहीबार आफ्नो विशेष आर्थिक क्षेत्रमा चिनियाँ सेनाले पाँच वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाप्रति निन्दा गर्दै यसलाई “अत्यन्त जबरर्जस्ती“ कार्य रूपमा चित्रण गरेको छ । सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनले लाइभ फायर ड्रिल सञ्चालन गरिरहेको छ । चीनले हिजो मात्रै प्रक्षेपण गरेको क्षेप्यास्त्र ओकिनावाको दक्षिणी प्रान्तको हातेरुमा टापुको दक्षिणपश्चिममा रहेको क्षेत्रमा खसेको थियो ।

जापानको क्योडो न्युजले टोकियोले बेइजिङलाई तुरुन्तै सैन्य अभ्यास बन्द गर्न भनेको विषय उल्लेख गरेको छ। “यो एउटा गम्भीर मुद्दा हो जुन हाम्रो देशको राष्ट्रिय सुरक्षा र जनताको सुरक्षासँग सम्बन्धित छ,“ रक्षामन्त्री नोबुओ किशीले बिहीबार बताएका छन् ।

फुमियो किशिदा सरकारले चिनियाँ सरकारसमक्ष कूटनीतिक विरोध जनाइसकेको छ। अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ ।

लाइभ–फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ। चिनियाँ पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यसअघि नै जनाइसकेको छ । बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने देखिन्छ । यसैबीच ताइवान सरकारले अन्तरराष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ।

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको जवाफमा सैन्य अभ्यासको रूपमा गरिएको जापानको विशेष आर्थिक क्षेत्रमा चीनको मिसाइल प्रक्षेपणको पनि संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बिहीबार एक ब्रिफिङमा भनेका छन् “हामी यी कार्यको निन्दा गर्छौं जुन गैरजिम्मेवार छन् । यी कार्य ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्ने हाम्रो लामो समयदेखिको लक्ष्यसँग बाझिएको छ । ” पेलोसीको यो भ्रमण सन् १९९७ मा न्युट गिंगरिचद्वारा ताइवानमा गरिएको भ्रमणपछि २५ वर्षको अन्तरालमा भएको हो । (रासस–एएनआई)

वि.सं.२०७९ साउन २० शुक्रवार २०:४७ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...