back
CTIZAN AD

बंगलादेशमा अध्ययन गरी फर्केका नेपाली डाक्टरहरुको काठमाडौँमा पुनर्मिलन कार्यक्रम सम्पन्न

वि.सं.२०७९ साउन २२ आइतवार

1.1K 

shares

काठमाडौँ । बंगलादेशमा अध्ययन गरी फर्केका नेपाली डाक्टरहरुको काठमाडौँमा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।

सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश(एसएनडिबी)को आयोजनामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उपलव्ध गराउन बंगलादेशको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री खापुङले बंगलादेशमा डाक्टरी अध्ययन गर्ने मौका पाएकाहरु अहिले नेपाल फर्किएर नेपालको स्वास्थ्य क्षेत्रलाई सहज ढंगले हाँकी रहेको भन्दै त्यसका लागि बंगलादेश सरकार धन्यवादको पात्र रहेको बताए ।

उनले सो अवसरमा पछिल्लो पटक स्वास्थ्य बाहेक बंगलादेश सरकारसंग उर्जा व्यापारको क्षेत्रमा समेत सरकारले सहकार्य गर्ने कार्य बढाएको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, प्रधानमन्त्री कार्यालयका विज्ञ सल्लाहकार डा आरपी विच्छा, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, बंगलादेशका लागि नेपालका पूर्वराजदूत द्धय प्राडा चोपलाल भुसाल, डा बंशीधर मिश्र, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले नेपाल र अन्य छिमेकी मुलुकहरुमा चिकित्सा अध्ययनको सहज पहुँच नभएका बेला धेरै नेपाली डाक्टरले बंगलादेशमा अध्ययन गर्ने मौका पाएको बताए ।

कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीचको सम्वन्धको बारेमा चर्चा गर्दै दुई देशबीच स्वास्थ्य शिक्षामा सहकार्य हुँदै आएको बताएका थिए ।

एसएनडिबीका संथापक, कोलोरेक्टल सर्जन साथै यस कार्यक्रमका कार्यक्रम संयोजक डा. राकेश साहले संस्था गठनको औचित्यताको बारेमा धारणा राख्दै बंगलादेशबाट अध्ययन गरी फर्केका डाक्टरहरुको संख्या ५ हजार बढी पुगेको जानकारी गराएका थिए । उनले नयाँ र पुराना डाक्टरबीच चिनजान गर्ने र परिआउँदा एक अर्कालाई सहयोग गर्ने उदेश्यले पुर्न मिलन कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा डा भोला रिजाललाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्धारा सम्मान गरिएको थियो ।

एसएनडिबीको आयोजना र स्क्वायर फर्मास्युटिकल लिमिटेड बंगलादेशको प्रायोजन रहेको सो कार्यक्रमा बंगलादेशमा अध्ययन पुरा गरि फर्केका २०० बढी नेपाली डाक्टरको सहभागिता थियो ।

सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश (Society for Nepalese Doctors of Bangladesh)  बंगलादेशबाट एमबीबीएसर बीडीएस तथा MD/MSअध्ययन गरेर  नेपालमा काम गर्ने सम्पूर्ण नेपाली डाक्टरहरुको समूह भएको एउटा गैरलाभदायक सस्था हो। संस्थाले नेपालका विभिन्न ठाउँमा स्वास्थ्य शिविर, भर्चुअल सोशल कार्यक्रम गर्नेदेखि बंगलादेशबाट अध्ययन गरेका डाक्टरहरूलाई सहयोग जस्ता कार्यक्रमहरु गर्दै आएको छ।

वि.सं.२०७९ साउन २२ आइतवार १९:३६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...