back
CTIZAN AD

नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि, कुनको नाफा कति ?

वि.सं.२०७९ साउन २२ आइतवार

1.2K 

shares

काठमाडौं । बैंकहरुमा देखिएको तरलता अभावको बाबजुत बैंकहरुको नाफामा बढोत्तरी आएको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा अघिल्लो वर्षको तुलनामा बैंकहरु नाफा बृद्धि गर्न सफल भएका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले ७४ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २३.१४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३७.३८ प्रतिशत बढी पनि हो ।

राष्ट्रिय वाणिज्य बैंक पछि ग्लोबल आइएमई, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्राइम कमर्सियल, नेपाल बैंक, सिद्धार्थ र मेगा बैंक नाफा रकमका आधारमा अगाडि छन् ।

सिभिल बैंक र सेन्चुरी बैंकले अघिल्लो वर्षको तुलनामा नाफा कमाईमा उछाल नै ल्याएका छन् । दुवैले सत् प्रतिशतभन्दा बढी नाफालाई बढोत्तरी गराएका छन् । सिभिलले १६२.३५ प्रतिशतले नाफा बढाउँदा सेन्चुरीले ११५.६६ प्रतिशतले नाफा बढाएको छ ।

कुन बैंकको नाफा कति ? (हजारमा)

वि.सं.२०७९ साउन २२ आइतवार १७:३३ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...