back
CTIZAN AD

नवलपुरको एउटा सरकारी स्कूल, जहाँ निजीका विद्यार्थी आर्कषित छन्

वि.सं.२०७९ साउन २३ सोमवार

1.2K 

shares

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन् । निजी स्कूलहरुको बोलाबाला रहेकै अवस्थामा नवलपुरको देवचुलीस्थित श्री जनज्योति माध्यमिक विद्यालय भने निजीको बलियो विकल्प बनेको छ । देवचुलीमा निजी स्कूलहरु मुस्किलले सञ्चालन भइरहेका छन् भने जनज्योति माविमा विद्यार्थी भरिभराउ छन् ।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर दहाल विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको बताउँछन् । उनका अनुसार पछिल्लो समय विशेषगरी कक्षा ११ मा विद्यार्थीहरु थपिएका छन् । विद्यार्थीहरु बढेसँगै अधिकांश कक्षामा थप सेक्सनहरु सञ्चालन ल्याएको उनले बताए ।

विद्यालयले अहिले कक्षा ११ र १२ मा विज्ञान संकाय शुरु गरेको छ । विज्ञान संकाय शुरु गरेसँगै विद्यार्थीहरुको थप आर्कषण हुन थालेको दहालको भनाई छ । विज्ञान संकायभित्र पनि रोजाइका विषयहरु भएसँगै विद्यार्थीहरुको आर्कषण रहेको उनले बताए ।

“व्यवस्थापकीय पक्ष मिलाउन नसक्दा हामीले बीचमा विज्ञान संकाय सञ्चालन गर्न सकेका थिएनौं, अहिले धेरैले रोज्ने कम्प्युटर साइन्स पनि थपेका छौं”, दहालले संसार न्युजसँग भने, “अहिले रोजाइअनुसार पढ्न पाउने हुँदा पनि कक्षा ११ मा विद्यार्थीहरु थपिएका छन् ।”

साथै, विद्यालयले कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा समेत रोजाईअनुसार अंग्रेजी र नेपाली माध्यम राखेको कारण भिन्न–भिन्न प्रकृतिको विद्यार्थीहरुको आर्कषण बढेको छ । अहिले व्यवस्थापन संकाय सक्नेले अंग्रेजी र नसक्नेले नेपाली माध्यमबाट पढ्ने गरेका छन् ।

No description available.

जनशक्तिको अभाव

विद्यालयमा कुल विद्यार्थी संख्या १ हजार २ सय ५० जना छन् भने शिक्षक ४५ जना छन् । जसमध्ये केही शिक्षकलाई विद्यालयले निजी स्रोतबाट पनि व्यवस्थापन गरेको छ । भएका सबै शिक्षकलाई हिसाब गर्दा एक शिक्षक बराबर २८ विद्यार्थी छन् । जसको व्यवस्थापन जटिल नै छ ।

प्रधानाध्यापक दहाल विद्यालयमा अन्य सिकाइका कार्यक्रम ल्याउने योजनामा छन् । तर, जनशक्तिको व्यवस्थापन केही जटिल छन् । विद्यालयमा संगीत, आर्ट, खेलकुदलगायत केही जनशक्तिको आवश्यकता देखिएको उनले बताएका छन् । समयअनुसार विद्यार्थीहरुले नयाँ–नयाँ कुराहरु सिक्न खोजेको र त्यसको पूर्ति आवश्यक रहेको उनले सुनाए ।

वि.सं.२०७९ साउन २३ सोमवार १३:५९ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...