back
CTIZAN AD

विद्यार्थीलाई विद्यालयबाटै आत्मनिर्भर बनाउनका लागि एनआरएनएले ल्यायो यस्तो परियोजना

वि.सं.२०७९ साउन २३ सोमवार

789 

shares

विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ ।

परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत आत्मनिर्भर बनाउन लागिएको हो ।

गैरआवासीय नेपाली संघको ’पढ्दै र कमाउदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने संयोजक सिम्खडाले जानकारी दिए ।

उक्त परियोजनाको मुख्य उद्धेश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ ।

अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको सिम्खडाले जानकारी दिए । परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ ।

परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ । पढ्दै र कमाउदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ ।

सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरुमा रबिन्द्र खड्का (डेनमार्क) मिलन छन्त्याल (आयरल्याण्ड) छन् ।

कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया, र सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, बिष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा. बिनोद पौडेल टर्की छन् ।

यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा बिष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा. बद्री केसी तथा जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल रहेका छन् ।

वि.सं.२०७९ साउन २३ सोमवार १४:५६ मा प्रकाशित

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...