back
CTIZAN AD

प्लस टु पढ्न छात्रवृत्ति दिंदै सानिमा बैंक, छात्रवृत्तिका लागि आवेदन खुला

वि.सं.२०७९ साउन २३ सोमवार

774 

shares

काठमाडौं । सानिमा बैंकले उपत्यका बाहिरका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपत्यका बाहिरका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

बैंकले काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट दुई जना विद्यार्थीलाई कक्षा ११ र १२ का लागि विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले यसकै निरन्तरताका लागि उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको जनाएको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति मासिक दुई हजार गरी प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
बैंकका अनुसार छात्रवृत्ति आवेदन आगामी भदौ ३१ गतेसम्म दिन सकिनेछ ।

यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाइटबाट लिन सकिने बैंकले जनाएको छ । बैंकले शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा प्लस टु पढ्नका लागि उपत्यका बाहिरका बिपन्न विद्यार्थीहरुलाई सहयोग गर्न लागेको जनाएको छ ।

सानिमा बैंकका ग्राहकहरुले नमस्ते पेबाट कारोबार गर्न पाउने

वि.सं.२०७९ साउन २३ सोमवार १४:२९ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...