back
CTIZAN AD

कोभिडका नयाँ भेरिएन्टका लागि फाइजरको खोपलाई सेप्टेम्बरसम्ममा स्वीकृति दिने ईयूको लक्ष्य

वि.सं.२०७९ साउन २६ बिहीवार

684 

shares

द हेग । युरोपियन युनियन (ईयू) को औषधि नियमन निकायले बुधबार आगामी शरद ऋतु (सेप्टेम्बर)सम्ममा फाइजर÷बायोएनटेकको कोभिडविरूद्धको खोपलाई ओमिक्रोनका दुई तीव्र गतिमा फैलिरहेको उपजातीका लागि अनुकूलित गर्ने लक्ष्य राखेको छ ।

पहिलेका प्रकारका कोभिड भाइरसभन्दा हल्का तर बढी सङ्क्रामक, बीए.४ र बीए.५ प्रजातीले युरोप र संयुक्त राज्य अमेरिकामा यस रोगका नयाँ सङ्क्रमणहरूलाई तीब्र बनाएको थियो र यो समस्या अभैm पनि निराकरण भइसकेको छैन ।

युरोपेली औषधि नियमन निकाय (ईएमए) ले फाइजरको खोपको अनुकूलित संस्करणको समीक्षा सोमबारदेखि सुरु गरेको छ, जसले ती दुई प्रकारका सङ्क्रमणहरूलाई लक्षित गरेको छ, जुन पहिलेका भेरियन्टभन्दा बढी सङ्क्रामक र प्रतिरक्षात्मक छन् ।

फाइजर र मोडेर्ना दुवैले जुलाई २२ मा ती खोपको स्वीकृतिका लागि छुट्टाछुट्टै निवेदन दिएका थिए ।

युरोपका २७ राष्ट्रसम्मिलित युरोपेली सङ्घका लागि औषधिको रेखदेख गर्ने ईएमएले यसअघि ओमिक्रोन अनुकूलित पहिलो खोपलाई सेप्टेम्बरसम्ममा स्वीकृति दिन सकिने यसअघि नै बताएको थियो । (रासस÷एएफपी)

वि.सं.२०७९ साउन २६ बिहीवार ०८:३७ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...