संविधान जारी लगत्तै २०७२ असोज ९ मा डा. बाबुराम भट्टराईले पेरिसडाँडाको माओवादी घरलाई “मक्किएको र थोत्रिएको” संज्ञा दिँदै छाडेका थिए । उनले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने भन्दै अभियान पनि चलाए । तर, सुरुवाती आशाप्रदक देखिएको भएपनि उनको अभियानले मूर्तरूप लिन सकेन । भट्टराई छिट्टै ओतबिहीन बने । उनले बितेको ७ वर्षमा ६ वटा घर फेरिसकेका छन् । पछिल्लो साउन २९ मा भएको सम्झौतासँगै भट्टराई अघोषितरूपमा माओवादी केन्द्रमा फर्किएका छन् । उनी आफैंले रातो स्टिकरको संज्ञा दिँदै भनेको “मक्किएको र थोत्रिएको” पेरिसडाँडाको घरमा ओत लाउन आएका छन् ।
भट्टराईले बितेको ७ वर्षमा ६ वटा घर फेरिसकेका छन् । पछिल्लो साउन २९ मा भएको सम्झौतासँगै भट्टराई अघोषितरूपमा माओवादी केन्द्रमा फर्किएका छन् । उनी आफैंले रातो स्टिकरको संज्ञा दिँदै भनेको “मक्किएको र थोत्रिएको” पेरिसडाँडाको घरमा ओत लाउन आएका छन् ।
हुनत् मौसम वर्षातकाे हाे । भट्टराईले मौसम परिवर्तन भएसँगै ओत परिवर्तन गर्दैनन् भन्ने निश्चित छैन । तथापी, माओवादी केन्द्रसँग गरेको सम्झौता र सम्झौता पछि उनले दिएको अभिव्यक्ति हेर्दा उनी निकै थकित भइसकेका देखिन्छन् । भट्टराई थोत्रिएकै छानो मुनि भएपनि ओत लाउने सुरमा छन् । हुनपनि उमेरले बुढौली लागेका भट्टराईलाई पछिल्लो विकल्प सबैभन्दा उत्तम देखिन्छ । तथापी, नतिजा पर्खिनुको विकल्प छैन ।
अहिले भट्टराईसँगै नेकपा राष्ट्रिय एकता अभियान चलाइरहेका वामदेव गौतम पनि पेरिसडाँडाकै छानोमा ओत लाउन पुगेका छन् । एमाले छाडेर वामपन्थीहरुलाई एक बनाउँछु भनेर लागेका गौतम निर्वाचनको सम्मूखमा माओवादी तिरै फर्किएका छन् । हुनत गौतमले २०५४ सालतिरै एमाले फुटाएर माओवादीलाई गुन लगाएका थिए । जनयुद्ध चलिरहेकै बीचमा पनि एमाले कित्ताबाट गौतम माओवादीसँग सबैभन्दा नजिक देखिन्थे । पछिल्लो सम्झौता माओवादीलाई गौतमले लगाएको गुनको फिर्ता पनि हो ।
संगठन र पार्टी बिहीन बनेका गौतमलाई माओवादीले पुनः सांसद बनाउने जिम्मा लिएको छ । एकपटक जसरी पनि प्रधानमन्त्री बन्ने ख्वाप राखेका र राष्ट्रिय सभा सदस्यमा चित्त नबुझेका गौतमलाई प्रतिनिधिसभामा पुग्ने ठूलो रहर छ । जसलाई पछिल्लो सम्झौताले सम्बोधन गर्न खोजेको छ । तथापी, गौतमले दाबी गरेको प्यूठान कसको हातमा जान्छ, यकिन छैन । र चुनाव जितिहालेछन् भनेपनि उनी प्रधानमन्त्री बन्न निकै समस्या रहनेछ ।
पछिल्लो सहमतिलाई नेताहरुले “बृहत अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य” भनेका छन् । तथापी, अग्रगामी शक्तिहरुमा को–को पर्ने र कसरी ध्रुविकरण हुने स्पष्ट देखिन्न ।
बाबुराम र वामदेवसँग सम्झौता भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालसँग पनि छिट्टै नयाँ सहमति हुने जनाउ दिएका छन् । प्रचण्डले चुनाव अघि नै समाजवादी मोर्चा बनाउने योजना बुनेका थिए । तर, उक्त योजना सफल हुन सकेन । तथापी, क्रमशः एकताका निम्ति पहल अगाडि बढाउने उनको रणनीति देखिन्छ ।
पछिल्लो सहमतिलाई नेताहरुले “बृहत अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य” भनेका छन् । तथापी, अग्रगामी शक्तिहरुमा को–को पर्ने र कसरी ध्रुविकरण हुने स्पष्ट देखिन्न । प्रचण्ड जति लचक छन्, त्योभन्दा धेरै सैद्धान्तिक लेपनले कडा शैलीका नेताहरु माओवादीभित्र थुप्रै छन् । एमालेसँगको एकतादेखि भाँडिएको उनीहरुभित्रको मनोविज्ञान माओवादी खेमाका बीचमा मात्रै ध्रुवीकरण हुनुपर्छ भन्ने कोणबाट पनि आएको छ । उनीहरु २०६४ कै अवस्थामा माओवादी पार्टीलाई फर्काउनुपर्छ भन्ने जबरजस्त दृष्टिकोण राख्दछन् । तर, प्रचण्ड माओवादी शब्दलाई नै दूत्कार्ने शक्तिबीच नै सहकार्यको कोसिसमा छन् ।
यदी नेताहरुले भने झैं पुनः ‘अग्रगामी’को नाममा ध्रुवीकरण र एकीकरण गरियो भने त्यसले घटनाक्रमलाई दोहोर्याउने बाहेक काम गर्ने छैन । पेरिसडाँडाबाट प्रचण्डले “सबक सिकिसकेको” बताएका छन् तर, प्रचण्डले सिकेको सबक कस्तो हो ? स्पष्ट छैन । नेताहरुले भनेको ध्रुवीकरण र एकीकरणको अभियानले माओवादी आन्दोलनलाई कहाँ पुर्याउला प्रश्न असामान्य छ ।
माओवादीभित्र २०६४ कै अवस्थामा माओवादी पार्टीलाई फर्काउनुपर्छ भन्ने जबरजस्त दृष्टिकोण एकातिर छ भने अर्कोतिर स्वयम् प्रचण्ड माओवादी शब्दलाई नै दूत्कार्ने शक्तिबीच सहकार्यको कोसिसमा छन् । यदी नेताहरुले भने झैं पुनः ‘अग्रगामी’को नाममा ध्रुवीकरण र एकीकरण गरियो भने त्यसले घटनाक्रमलाई दोहोर्याउने बाहेक काम गर्ने छैन ।
प्रचण्डले सहजै “आफुँहरुले धेरै ठक्कर खाएको र देशले पनि अलि दुःख पाएको” बताएका छन् । उनले डेढ दशकको यात्राबाट धेरै सिकेको पनि बताएका छन् । तर, त्यो सिकाइको प्रतिफल के हुन्छ, सहजै भन्न सकिन्न । प्रचण्डले एकातिर हिजोको ठाउँमा पुग्ने कुरा पनि गरेका छन् तर, अर्कोतिर उनले राजनीतिकरूपमै पहिचान गुमाइसकेका छन् । बाहिरी शक्तिहरुसँगको खेलमा जब्बर ठानिएका प्रचण्ड एमसीसी, एसपीपी र नागरिकता विधेयकमा मुछिएका छन् भने पार्टी ठूलो बनाउने र पुनः प्रधानमन्त्री बन्ने ध्याउन्नमा जोसँग र जसरी पनि भन्ने अवस्थामा पुगेका देखिन्छन् ।
आन्तरिकरूपमा भन्नुपर्दा कान्छा ज्वाईंलगायत परिवारको घेरामा अल्झेर प्रचण्डले छाति ठूलो नबनाएको टिप्पणी पनि आउने गरेको छ । घटनाक्रमहरुले माओवादी पार्टीका नाममा माओवादी छ तर, उसको पहिचानमै जब्बर प्रश्न छ भन्ने अवस्थामा पुर्याएको छ । माओवादीले हिजोदेखि बोकेका जनजिविका र राष्ट्रियताका एजेण्डा आज पनि अलपत्रै अवस्थामा छन् । जसले थप अन्योल बनाएको छ, प्रचण्डको ध्रुवीकरण र एकिकरणको एजेण्डा कहाँ पुग्दैछ ? त्यो एजेण्डा उनको व्यक्तिगत अभिष्ट साँध्ने हो की साँच्चिकै समाजवादतर्फ प्रतिबद्ध छ भनेर प्रश्न बढेका छन् ।
वि.सं.२०७९ भदौ १ बुधवार १२:५९ मा प्रकाशित






























