काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार नाफा ११.४२ प्रतिशतले बढेको हो ।
इन्स्योरेन्सले १८ करोड ७३ लाख खुद नाफा कमाएको छ । खुद नाफामा वृद्धि देखिए पनि खुद बीमा शुल्क भने ८.४४ प्रतिशतले घटेको छ । समीक्षा अवधिभर कम्पनीले ५६ करोड ४१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६१ लाख ६१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो ।
यस्तै गत वर्ष कम्पनीको अभिकर्ता कमिसन भने १२.६८ प्रतिशतले घटेको छ । गत वर्ष इन्स्योरेन्सले अभिकर्ता कमिसनबापत २ करोड ९६ लाख खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अभिकर्ता कमिसनबापत ३ करोड ३९ लाख खर्च गरेको थियो ।
गत आर्थिक वर्ष इन्स्योरेन्सले ४७ करोड ८ लाख रुपैयाँ बराबरको खुद दाबी दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.२९ प्रतिशतले बढी हो । यस्तै कुल गत वर्ष इन्स्योरेन्सको कुल दाबी भुक्तानी २०.२१ प्रतिशतले बढेको छ । उक्त अवधिभर कम्पनीले कुल दाबी भुक्तानी वापत १ अर्ब १३ करोड भुक्तानी गरेको हो ।
गत वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड छ । यस्तै जगेडा कोषमा १५ करोड ३० लाख सञ्चित छ । गत वर्ष इन्स्योरेन्सको जगेडा कोषको रकम ४२.६८ प्रतिशतले घटेको हो भने बीमा कोष करिब १३ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको बीमा कोषमा ८२ करोड २२ लाख छ ।
इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम ७६ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको प्रति सेयर आम्दानी १४.२६ छ भने प्रतिसेयर नेटवर्थ १७८.४५ छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सेयरधनीले कति पाउने भए त बोनस ?
वि.सं.२०७९ भदौ १ बुधवार १२:२६ मा प्रकाशित




























