back
CTIZAN AD

कविता : अव्यक्त केही यथार्थहरू

वि.सं.२०७९ भदौ ४ शनिवार

993 

shares

निरूविन्दु परियार, जल्ढक्का, कालेबुङ्ग

भेंडा–बाख्रा जस्तै बगलमा हिँड्न सिक्नुपर्दो रहेछ
औ,
लश्कर लाग्नु पर्दोरहेछ चरनमा गाई –भैंसी जस्तै
सायद त्यसैले संगठित बन भनिएको हो !
झुप्पाबाट चुँडिनु हुँदैन अङ्गुरका दाना
अनि,
छुट्टिनु हुन्न बुङ्गाबाट केराका केस्राहरू

सायद त्यसैले एकत्रित बस भनिएको हो !!
छरिनु हुन्न थुप्रोबाट अन्नहरू पटक्कै
अल्गिनु हुन्न जमातबाट विचारहरू
टाँडिनु हुन्न जन्तुहरू हुलबाट
तोडिनु भएन कहिल्यै समूह

उड्न सक्नु पर्छ एक बथान भँगेरा झैं
पोखिनु हुन्न भुँइभरी मकैका दाना जस्तै
झुन्डबाट एक्लिएपछि मान्छे,
अमानवीय जङ्गलभित्र विलुप्त बन्छ
उ अल्मलिन्छ
दिशाहीन हुन्छ

अर्थातः
समयले नङ्ग्राउनेछ रगतपच्छे पारेर
अनि,
एक्लोपनको बाघले शिकार गर्नेछ
लखेटी लखेटी

संगठनमा बस्नु भनेको
चैत–बैसाखको हुरीले उडाउन नसक्नु हो
अक्षुण्ण बस्नु भनेको
जर्जर भूकम्पले पनि हल्लाउन नसक्नु हो

सायद, त्यसैले ‘एकता नै बल’ भनिएको हुनपर्छ !

वैचारिक मतभेद आउनु स्वभाविक हो
तर छिर्न दिनु हुँदैन
अहँकारका पशुहरूलाई चेतनाहरूमा

व्यबहारले अलग्गै भएपनि,
विचार र उद्धेश्यले एकत्र बन्न सक्नुपर्दो रहेछ
मान्छे !

 

वि.सं.२०७९ भदौ ४ शनिवार ०८:३१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...