कपिल किशोर घिमिरे
दाङ्ग रामपुर, हाल कैलाली
१.
कलिलो बय
एक्लो छ ज्यान
सदैव भय ।
२.
दिदैन साथ
खुट्टा छन् तान्ने
काट्दछन् बात ।
३.
देशको गति
न बिग्रोस् मति
नगर्नु अति ।
४.
प्रकृति राम्रो
बिश्वको छानो
नेपाल हाम्रो ।
५.
तराई फाँट
हिमाल शिर
पहाड आँट ।
६.
तेरो र मेरो
साथमा लान्छौ ?
यो सेरोफेरो ।
७.
आकाश निलो
कन्चन पानी
मन गहिरो ।
८.
सभ्यता हाम्रो
स्वतन्त्र भूमि
सदैव राम्रो ।
९.
स्वाभिमानले
झुक्दैन शिर
बाँच्छौं सानले ।
१०.
विनास बाटो
रिस र राग
सम्झ न, माटो ।
वि.सं.२०७९ भदौ ४ शनिवार ०८:२९ मा प्रकाशित






























