back
CTIZAN AD

कविता : गरीबी

वि.सं.२०७९ भदौ ४ शनिवार

1.5K 

shares

पौडेल विमुन्स, पोखरा कास्की

म छु र तिमी छौ
मेरो अस्तित्व
नासिनु हुदैन
नत्र देश रुनेछ
नयाँ परियोजना बन्द हुनेछन्
लुट अझै लुट
म लुटिन तयार छु
दाताहरूको मन रुने गरी लुट
तब पो हात खुल्छन् तिनका
र अर्को वर्ष को उत्सव
मनाउने छौ तिमी

तिमी ले निरन्तर
मलाई लुट्नुको
कारण थाहा भयो
देश बनाउनका लागि रहेछ
बजेट बनाउनका लागि रहेछ
म लुटिन्छु र देश रित्तिन्छ
तिमी भरिन्छौ र सत्तामा पुग्छौ
म माथि दया गरी
नारा लगाउँछौ
नाद सुनिन्छ र
बर्सिन्छ सहयोग
तिमी बटुल्न व्यस्त हुन्छौ
म हेर्छु र हेरिरहन्छु
तिमी हाँसेको
नाचेको
मलाई थाहा छ
फेरि गरीबीको
कथा लेख्छौ
अन्य हात खुलाउन ।

 

वि.सं.२०७९ भदौ ४ शनिवार ०८:१५ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...