back
CTIZAN AD

सरकारले तोकिएको समयसम्म अस्पतालमा नबस्ने स्वास्थ्यकर्मीलाई कारबाही

वि.सं.२०७९ भदौ ५ आइतवार

660 

shares

मोरङ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कोसी अस्पतालमा रु पाँच करोड ४७ लाख सात हजारको लागतमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई शल्यक्र्रिया कक्षसहित ४० शय्याको वार्डको आज उद्घाटन गर्दै उनले सरकारले तोकेको समयसम्म चिकित्सकले अस्पतालमा बसी बिरामी उपचार गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खापुङले कोसीसहित मुलुकका सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावलाई समाधान गर्ने सम्बन्धमा मन्त्रालयमा छलफल गरी दरबन्दी सिर्जना गरेर पदपूर्तिको व्यवस्था गर्ने जानकारी दिए । उनले निजी अस्पतालले स्वास्थ्य बीमा बन्द गर्नाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उल्लेख गर्दै यो समस्या चाँडै समाधान हुने धारणा राखे ।

उनले बजेट भाषणमा सरकारी तथा सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा लागू हुने आएकाले यसले अन्र्यौलता सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई आम जनतासमक्ष व्यवस्थित रुपमा पुर्याउन एउटा कार्यदल निर्माण गरिएको जानकारी दिए ।

मन्त्री खापुङले स्वास्थ्य बीमा सम्बन्धमा छुट्टै ऐन रहेको जनाउँदै मोरङबाहेक अन्य क्षेत्रमा निजी अस्पतालले बीमा लागू गरेको र यस क्षेत्रमा निजी अस्पताले बीमा लागू गर्ने सम्बन्धमा कुराकानी अगाडि बढेकाले चाँडै समाधान हुने बताए ।

उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको बीमा रकमको दाबी सम्बन्धमा कार्य गरिरहेकाले चाँडै बीमा रकम भुक्तानी गर्ने बताए । उनले अस्पतालको निरीक्षणका क्रममा प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव, अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेललगायत थिए ।

 

वि.सं.२०७९ भदौ ५ आइतवार १६:३४ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...