back
CTIZAN AD

दासप्रथा ‘अमेरिकाको पाप’ भएको बाइडेनको भनाइ

वि.सं.२०७९ भदौ ६ सोमवार

693 

shares

वाशिङ्टन । दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “चार सय वर्षभन्दा अघि, २० जना दास बनाइएका अफ्रिकीहरूलाई जबर्जस्ती संयुक्त राज्य अमेरिकाको एउटा किनारामा ल्याइएको थियो ।”

“त्यसपछिका शताब्दीहरूमा लाखौँ मानिसहरू चोरी भए र बेचिए, जुन दासत्वको प्रणालीको एक भाग हो जुन अमेरिकाको मौलिक पाप हो ।”

ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकामा अगस्ट २० लाई दासत्व स्मरण दिवसको रूपमा मनाउने प्रयासलाई मान्यता दिन एक विज्ञप्ति जारी गरेको छ ।

अमेरिकी सिनेटर एलिजाबेथ वारेन र सांसद अल ग्रीनले गतवर्ष दासत्व स्मरण दिवस मनाउन संयुक्त प्रस्ताव पेस गरेका थिए । १७औँ र १८औँ शताब्दीको दौडान, लाखौँ मानिसहरूलाई अफ्रिकाबाट अपहरण गरियो र अमेरिकी उपनिवेशहरूमा तम्बाकू र कपास जस्ता नगदे बालीहरू उत्पादन गर्न बाध्य पारियो ।

उन्नाइसौँ शताब्दीको मध्यसम्ममा, संयुक्त राज्य अमेरिकामा पश्चिमतिरको विस्तार र उन्मूलन आन्दोलनको एक उल्झनले दासत्वको बारेमा भयङ्कर बहसहरू उक्सायो जसले रक्तपातपूर्ण गृहयुद्धमा राष्ट्रलाई विभाजित ग¥यो ।

यद्यपि युनियनको विजयले अमेरिकाभरका लाखौँ दासहरूलाई मुक्त गरेको छ, दासत्वको नकारात्मक विरासत अझैपनि अस्तित्वमा रहेको छ । यो जातिवाद र भेदभावको रूपमा पनि समावेश रहेको र आज पनि गम्भीर समस्याका रूपमा रहेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ भदौ ६ सोमवार ०८:२९ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...