जापान । जापानमा अनलाइनबाट धेरै नेपाली ठगिएको भन्दै सामाजिक अभियन्ता नरेरन्द्र बस्नेत ‘दिनेश’ले त्यसमा सचेत रहन अनुरोध गरेका छन् ।
पटक–पटक सचेत गराउँदा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यस्ता ठगीबाट जोगिन नसेकेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।
‘हिजो फेरि दुइजना बिद्यार्थी भाइहरु अनलाइन ठगिको सिकारमा परि ५०,००० यन डुबाउनु भयो,’ बस्नेतले सामाजिक संजालमार्फत् सचेत रहन अनुरोध गर्दै भनेका छन,् ‘धन्न संयोगले भेट भएकोले तत्काल उनीहरुलाइ अरु ठगि हुनबाट जोगिन सचेत गराउन सकियो ।’
कसरि ठगिदैछन त नेपाली हरु ?
फेसबुकमा sponsored अर्थात् विज्ञापनको रुपमा बुस्ट भएर आएका बिज्ञापन फ्रेन्ड रिकुवेस्ट आइ त्यस्ताहरुको वालमा एकदमै सस्तो मुल्यमा आइफोन, Apple को घडी कम्प्युटर लगायत बिबिध सामानहरु सस्तो मूल्यमा राखिएको हुन्छ ।
अकल्पनीय सस्तो मुल्यमा आफुले चाहेको तर प्राप्त गर्न नसकेको चिज प्राप्त हुने लालचमा धेरै नेपालीहरुले त्यस्तो कम्पनकिो लिंक या व्यक्तिलाइ फलो गर्ने मेसेज गर्ने गर्छन् । यसरी कुरा गर्दा ठगहरु जुन देशको भएपनि सकेसम्म जापानिज हो भन्ने तर अंग्रेजीमा मात्रै कुरा गर्ने अनि बिश्वासको लागि जापानिज पासपोर्टको फोटो पनि पठाउने (केश अनुसार ठगिको सैलि फरक हुन सक्छ) सामानहरु भएको प्याकिंग गरेको डेलिभरी गरेको फोटोहरु पठाउने गर्छन् ।
पूर्ण विश्वास दिलाउन समान स्टोर गरेको ठाउबाट भिडियो कल गरेर देखाउने र कोंबिनीमा गएर शुरुमा अनलाइन पेमेन्ट गर्न या गिफ्ट कार्ड किनेर पठाउन सुझाउने गर्छन् । जव अनलाइनवाट पेमेन्ट हुन्छ त्यसपछि उनीहरुले तपाइको समान डेलिभरी हुने मिति समय सम्म तोक्छन् । यदि तपाइँसंग अझै धुत्न सकिने जस्तो लग्यो भने प्राबिधिक त्रुटीले तपाइले पठाएको पैसा प्राप्त नभएको र पुनः पठाउन समेत भनि या अन्य उपायहरु सुझाएर सकेसम्म धुत्छन् ।
कसरि जोगिने त ?
सर्बप्रथम तपाइले समान किन्ने या रोजगारी खोज्ने या जे गर्दै हुनुहुन्छ त्यसको आधिकारिकताको बारेमा बुझ्ने गर्नुस् ।
संजालमा देखेको भरमा शब्द जाल र चित्र जालमा परेर सस्तोमा या बिना मेहनत कुनै चिज पाउने प्रलोभनमा पर्नु भयो भने तपाई फस्नु भयो भनेर बुझ्दा हुन्छ । सकेसम्म फोन, वाइफाइ, ल्यापटप लगायतका बिबिध कुराहरु बिक्रि गर्ने व्यक्ति या कम्पनी या त्यसको आधिकारिकता नबुझी गर्दै नगर्नुस् । यस्तो खालको ठगीमा परेको खण्डमा यहाँको प्रहरीले पनि यथेस्ट आधारहरु नपाउने अधिकतम सम्भावना हुँदा कानुनी रुपमा पनि सहयोग पाउन एकदमै गार्हो बुझिएको छ ।
जापान हेर्दा जति सभ्य अनुशासित शान्ति इमान्दारिता भएको देखिए पनि स्क्यामर र् अन्य खाल्का ठगिहरु प्रशस्त छन् ।
नोटः–ठगीका अन्य धेरै प्रारूप हरु पनि छन् हुन सक्छन र ठगिनवाट जोगिने अरु धेरै तरिकाहरु तपाइले पनि जानेको बुझेको हुनसक्छ सकेको जानकारी गराउ सुसुचित गरौ ।बस्नेतले अनुरोध गरेका छन् ।


वि.सं.२०७९ भदौ ६ सोमवार ११:२२ मा प्रकाशित






























