काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।
भदौ ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आगामी भदौ १९ गतेदेखि सीईओ श्रेष्ठले बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने बताइएको छ । बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ भदौ ६ सोमवार ११:०२ मा प्रकाशित






























