काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सम्झौता भएको छ ।
बैंक र रेष्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात् ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउनेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टले अनामनगरबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।
वि.सं.२०७९ भदौ ९ बिहीवार ०८:३४ मा प्रकाशित




























