जेके तिम्सिना, झापा
१
कति हेर्नु दर खाने राजनीति
भ्रष्टलाई बाह्रै महिना तीज तेह्रै महिना तिहार भो
कति हेर्नु तर खाने राजनीति
२
बिरासत ढाल्न सकिएन
सिंहदरबार दरखाने अखडा भयो
जनमत बाल्न सकिएन
३
न तिथि न त बार चाहियो
यहाँ हप्तौंसम्म चलेकै छ रमझम तीजको
मात्र गाँठवाला यार चाहियो
४
चरीहरु जेलमा छौं भन्छन्
कता हराए बिलौना चेलिबेटीका
परीहरु नेलमा छौं भन्छन्
५
हातका ठेलाको कुरै नगरौं
न त ढिकी छ अचेल न त जाँतो नै छ
खेतका मेलाको कुरै नगरौं
१
कति हेर्नु दर खाने राजनीति
भ्रष्टलाई बाह्रै महिना तीज तेह्रै महिना तिहार भो
कति हेर्नु तर खाने राजनीति
२
बिरासत ढाल्न सकिएन
सिंहदरबार दरखाने अखडा भयो
जनमत बाल्न सकिएन
३
न तिथि न त बार चाहियो
यहाँ हप्तौंसम्म चलेकै छ रमझम तीजको
मात्र गाँठवाला यार चाहियो
४
चरीहरु जेलमा छौं भन्छन्
कता हराए बिलौना चेलिबेटीका
परीहरु नेलमा छौं भन्छन्
५
हातका ठेलाको कुरै नगरौं
न त ढिकी छ अचेल न त जाँतो नै छ
खेतका मेलाको कुरै नगरौं
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२१ मा प्रकाशित






























