back
CTIZAN AD

लघुकथा : डर

वि.सं.२०७९ भदौ ११ शनिवार

771 

shares

वसन्त अनुभव,घोराही उपमपा १४, दाङ

बिना सितन एक गिलास तनक्क पारेपछि एक खिल्ली चुरोट निकालेर सल्काएँ । निन्याउँरो अनुहार बनाएर गिलासले मलाई एक टकले हेरिरहेको थियो । उसको अनुहार देखेर मलाई झनक्क रिस उठ्यो ।

“ए … नाथे गिलास ! किन निन्याउँरो अनुहार पा….पारेको हँ ?“

“खान्छु त खान्छु । रक्सी खान्छु, चुरोट खान्छु, ड्रग… सबै खान्छु । त…..तेरो बाउको खा’को छु र ?“
‘अनि तँ क….के मेरो बुढी होस् ? म माथि ह…हैकम चलाउन खोज्ने ?…’
मेरा कुरा सकिन नपाउँदै बोतल खितितिति हाँस्यो; चुरोटको बट्टा मसक्क मस्कियो ।

‘ए.. ! त….तिमीहरू पनि ! मेरो म… मजाक उडाउँछौ ? पख् न ! तिमीहरूलाई सखाप नपारी छोड्दिनँ ।’ अर्को चुरोट सल्काउदै गिलास भर्न बोतल उठाएँ । चुरोटको डिब्बा र बोतल झनै जोड जोडले हाँस्न थाले ।

‘अ…अरे ! अझै हाँस्दैछौ.. ? तिमीहरूलाई मेरो डर लाग्दैन ?’

‘अरे मूर्ख ! तँसँग हामी होइन्, हामीसँग तँ डराउनु पर्छ । तैले हामीलाई होइन्; हामीले तँलाई खाएर जीर्ण बनाइसक्यौँ, बुझिस् ?’ रक्सी र चुरोटले झनै अट्टहास गर्दै भने ।

 

वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...