विमला ढकाल समीक्षा
नीलकण्ठ नपा १२, धादिङ
हाल- काठमाडौ
१
तीजको दर
खानलाई जाने हो
बाबाको घर ।
२
बाबा र आमा
बसे बाटो हेरेर
छोरी घरमा ।
३
आमाको माया
आशिर्वाद बनेर
छ दायाँ बायाँ ।
४
दर खाने हो
आउ है दाजु लिन
नाच्न जाने हो ।
५
मेरा त दाजै
लिनलाई घरमा
आउने आजै ।
६
आएँ म आमा
बस्न मन लाको छ
तिम्रो काखमा ।
७
पकाउ दर
काँकरीको अचार
खाने रहर ।
८
करेला तितो
आमाले पकाउँदा
हुनेछ मीठो ।
९
कति उनको
बयान के गरुँ म
धेरै गुनको ।
१०
पन्चमी दिन
नुहाएर हुनेछौ
ऋषिमा लिन ।
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२५ मा प्रकाशित






























