back
CTIZAN AD

साफ च्याम्यिनसिपका लागि दुई राष्ट्रका खेलाडी काठमाडौँमा

वि.सं.२०७९ भदौ १७ शुक्रवार

840 

shares

काठमाडौँ । नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् ।

यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि भूटान र पाकिस्तानका खेलाडीहरु नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सहभागी सबै टोली आइतबारसम्म काठमाडौँ आइपुग्नेछन् ।

प्रतियोगितामा आयोजक नेपालसँगै भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी सात राष्ट्रको महिला राष्ट्रिय फुटबल टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको ‘ए’ मा नेपाल, श्रीलङ्का र भूटान छन् भने समूह ‘बी’ मा भारत बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

उक्त प्रतियोगिताको तयारीका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उपाध्यक्ष खड्काले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

एन्फाले उक्त प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र बोर्डकास्टिङ अधिकार भने हन्ड्रेड स्पोर्टस् म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई बिक्री गरेको छ । प्रतियोगितामा खेल हेर्न भिआइपी प्याराफिटतर्फ रु पाँच सय र साधारण प्याराफिटतर्फ रु तीन सयको टिकट तोकिएको छ ।

उक्त प्रतियोगिता सपन्न गर्नका लागि कूल रु तीन करोड ४७ लाख ६८० खर्च लाग्ने आयोजकले जनाएको छ । यसमध्ये सहभागी टोली र म्याच अफिसियलको खानपिन र बसोबास खर्च दक्षिण एशियाली फुटबल सङ्घ (साफ)ले बेहोर्नेछ भने खेल मैदानको तयारी र स्थानीय यातायात तथा अन्य स्थानीय खर्च एन्फाले बेहोर्नेछ ।

 

वि.सं.२०७९ भदौ १७ शुक्रवार १६:४२ मा प्रकाशित

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...