back
CTIZAN AD

एनसीसी बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

वि.सं.२०७९ भदौ १७ शुक्रवार

858 

shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले शुक्रबार झापाको श्री ढुकुरपानी माध्यमिक विद्यालय, दमकमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले एनसीसी. बैंकको तर्फबाट हाल प्रदान भइ रहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारेका थिए । उनले एनसीसी. बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाई प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमासमेत जानकारी दिएका थिए ।

त्यसैगरी, कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए । साथै,उनले व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए ।

कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारी लगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकाललगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार १६:५२ मा प्रकाशित

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...