back
CTIZAN AD

सीबीआईएल क्यापिटलले ल्यायो उच्च प्रतिफल दिने योजना

वि.सं.२०७९ भदौ १७ शुक्रवार

831 

shares

काठमाडौं । सीबीआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फण्ड शुरु गरेको छ । यो फण्ड नविनतम् अवधारणमा आधारित योजना हो ।

जसले ग्राहकलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको क्यापिटलले जनाएको छ ।

यो योजना अन्तर्गत लगानीकर्ताले न्यूनतम तीन लाख रुपैयाँ लगानी गर्नु पर्ने क्यापिटलले जनाएको छ । जसको अवधि २ वर्षको हुने छ । साथै, वार्षिक सेवा शुल्क ०.५० प्रतिशत रहेको समेत क्यापिटलले जनाएको छ ।

No description available.

क्यापिटलका अनुसार यो योजनाका विभिन्न विशेषताहरु छन् । दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित यो योजनाको अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने छ । त्रैमासिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हुने र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन (आईपीओ तथा एफपीओमा) लगानी गर्ने छ ।

यो योजनाअन्तर्गत दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिन्छ ।

यो सेवा लिनको लागि ग्राहकले बाटुलेघरस्थित सीबीआईएल क्यापिटल वा सिटिजन्स बैंकको डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न सक्ने क्यापिटलले जनाएको छ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार १७:४१ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...