back
CTIZAN AD

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

वि.सं.२०७९ भदौ १८ शनिवार

831 

shares

इनरुवा । सुनसरीको इटहरी-२ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी-२ का लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इटहरी-२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१-०२-००२च ४६६२ नंको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को१६प ५७२० नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी-५ का सरोज गुरागाईँ सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घाइते गुरागाईँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ भदौ १८ शनिवार १२:४१ मा प्रकाशित

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार भएको घटनाका क्रममा...

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहा। सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी...