जनाकपुरधाम । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए । झा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका छन् ।
झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत थिए ।रासस
वि.सं.२०७९ भदौ १८ शनिवार १५:३० मा प्रकाशित






























