back
CTIZAN AD

मदन पुरस्कार विजेता रामलाल जोशीको तेश्रो कृति ‘बाआमा’ विमोचन

वि.सं.२०७९ भदौ १८ शनिवार

1.8K 

shares

काठमाडौं । मदन पुरस्कार विजेता रामलाल जोशीको तेस्रो कृति ‘बाआमा’ सार्वजनिक भएको छ ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन कुमार थापा, नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहले ‘बाआमा’को संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

विमोचनका क्रममा महानायक राजेश हमालले जोशीको पुस्तक पढ्दा आफु आफ्नै विगतमा फर्किएको र पुस्तकमा आफ्नै बाबुआमालाई पाएको बताए । उनले पुस्तक पढ्दा आफ्नो अतितमा जान बाध्य बनाएको र आफ्नो घटनालाई सम्झन सक्ने क्षमता अभिवृद्दि गर्ने बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले साहित्यकार जोशीका पुस्तकभित्र कुनै एकजनाको बाआमाको कथा नभएर थुप्रै बाआमाको कथा रहेको बताए ।

थापाले बाआमाभित्र रहेका कथा पढ्दा कतै आफ्नै बाआमा तथा आफ्नै आफन्तको कथा लेखिएको त होइन भन्ने पाठकलाई महशुस हुने गरेको बताए । ‘कतै रामलालले मेरा कुरा थाहा पाएका त होइनन् भन्ने जस्तो लाग्छ ।’ थापाले पुस्तकको बारेमा चर्चा गर्दै भने ।

जोशीले भनेजस्तै बा भनेको विश्वास हो, आमा भनेको यर्थाथ हो । विश्वास यर्थाथमा अडिएको हुन्छ अनि यर्थाथ विश्वासमा अडिएको हुन्छ । एकले अर्कालाई अडाएका हुन्छन् । यो दुईवटाको सम्मेलनबाट मात्रै सत्य बन्छ । थापाले भने ।
पहिलो कृति ऐनामा जोशीले पाठकलाई सुदूरपश्मिको पहाड मधेश घुमाएजस्तै बाआमामा पनि कहिले डोटी लगेको त कहिले धनगढी झारेको मात्र नभएर यो पटक अमेरिका पनि पुर्याएको बताए ।

‘किनकी बा र आमा सुदूरपश्चिममा मात्र छैनन् नि सबैतिर छन् । त्यहि भएर सबैतिर लैजान्छन् । कथा एउटा फोटोबाट सुरु भएर त्यहि फोटोबाटै टुंगिएको छ ।’ थापाले भने ।

त्यस्तै साहित्यकार नयनराज पाण्डेले हजुरबा र हजुरआमाको पुस्ताको कथा बाआमाले भनेको बताउँदै विभिन्न पात्रहरुमार्फत् कथाहरु अभिव्यक्ति गरिएको बताए । उनले कथाको पृष्ठभूमि समय कालखण्ड, पहिलेदेखि अहिलेसम्म लगभग ३० –४० वर्षको अवधि पुस्तकमा समेटिएको बताए ।

पाण्डेले लामो समयदेखिको समाज, राजनीति र विभिन्न कालखण्मा हुर्किरहेको आपसी सम्बन्धहरु, पारिवारीक बिखण्डनका कुराहरु, आर्थिक, सामाजिक संरचनाका कुराहरु यी संरचनाहरु कहाँ कसरी भत्किन्छन् भन्ने कुराहरु संवेदनशील बनाउने किसीमले जोशीले बाआमामा उतारेको बताए ।

त्यस्तै साहित्यकार सगुना शाहले जोशीको पुस्तकमा रहेका कथाहरु आफ्नै कथाहरु जस्तै लागेको बताइन् । शाहले कितावको कभरमा दुई चाउरीएका हात देख्दा आफ्ना बुवाले अन्तिम पटक (मृत्यु भन्दा अघि) आफ्ना कलिला हात समाएर ब्रम्हनालमा रहेको कसैको पार्थिब शरीर देखाउँदै कसैको चित्त नदुखाउन, रिसइबी झगडा नगर्न, एकदिन हामी सबै यसैगरी खरानी हुने हो भनेर सम्झाएको स्मरण भएको बताइन् ।

May be an image of 1 person and text that says 'बाआमा S रामलाल जोशी'

शाहले साहित्यको सबल पक्ष भनेको कुनै कुनामा बसेर आफुले भोगेको, देखेको, बुझेको मात्र नभई आफुले नभोगेको, नबुझेको समाजका विभिन्न आयामहरुसँग परिचित हुनुपनि रहेको बताइन् । कथा भन्ने शैली रोचक अनि भिजुअल हुनुका साथै सानो सानो भावनाहरुको डिस्क्रीप्सन किताबको सबैभन्दा बलियो पक्ष रहेको बताइन् ।

साहित्यकार जोशीले यसअघि २०७२ मा पहिलो कृतिका रुपमा सुदूरपश्चिमेली समाजको जनजीवनमा आधारित मदन पुरस्कार विजेता ‘ऐना’, २०७५ मा दोस्रो कृतिका रुपमा थारु समुदायमा आधारित रहेर लेखिएको उपन्यास ‘सखी’ ल्याएका थिए भने शुक्रबार तेस्रो कृतिका रुपमा बाआमा सार्वजनिक गरेका हुन् ।

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तकमा बा आमाको माया, आमाको काख, दाजीको दुःख, बौजूको बात, लेखिएको कथा, नलेखिएको बयान, भेटिएकी देवी, छाडिएका भगवान, साथीको सम्झना, गुरुको साथ, छोराको सपना र छोरीको रात गरी १२ वटा कथा रहेका छन् ।

वि.सं.२०७९ भदौ १८ शनिवार १७:३८ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...