मुगु । नेपाली कांग्रेस मुगुका बर्तमान पार्टी सभापति ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको रुपमा सर्बसम्मत सिफारिस भएका छन् ।
शुक्रबार बसेको उम्मेदवार सिफारिस समितिको बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्बाचनको प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि पार्टी सभापति ऐनबहादुर शाहीको नाम सर्बसम्मत रुपमा सिफारिस गरिएको पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले बताए ।
उम्मेदवार सिफारिस समितिले प्रतिनिधिसभाको खस आर्य समानुपातिकतर्फ कांग्रेस बरिष्ठ नेता हस्तबहादुर मल्ल र महिला समानुपातिकमा धनसिला मल्ल, खुल्ला समानुपातिकमा मिन भामको नाम सिफारिस गरिएको सचिवको भनाई छ । त्यसैगरी प्रदेश क को प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभाको लागि खगेन्द्रबहादुर मल्ल, तिलकबहादुर मल्ल, हरिजंग शाहीको नाम सिफारिस गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
त्यस्तै समानुपातिकतर्फ सुर्यदेबि मल्ल, पिछडिएको क्षेत्रमा पदमबहादुर रावल, महिला खस आर्यमा लक्ष्मी देबि रावल, दलिततर्फ भीम तिरुवा, जनजातिमा च्यावा लामा, लामा जनजातिमा फुन्जाृक लामा, महिलामा रमाइली रावल, दलित महिला समानुपातिकतर्फ खुम्मेनी बिकको नाम सिफारिस गरिएको कांग्रेस पार्टी उपसभापति कर्ण रावलले जानकारी दिएका छन् ।
त्यसैगरी प्रदेश ख अन्र्तगत प्रत्यक्षतर्फ खडगबहादुर शाही, रतनबहादुर शाही र लेकबिक्रम शाहको नाम सिफारिस गरिएको छ ।
प्रदेश ख अन्र्तगत समानुपातिकतर्फ जन्मजय भण्डारी, खस आर्य पिछडिएको क्षेत्रमा महेश गिरी, अपाङ तर्फमा रुपकर्ण शाही, महिलातर्फ गोमा गिरी र खस आर्यमा लोकबहादुर शाहीको नाम सिफारिस गरिएको सचिव मल्लले जनाए ।
मुगुका चारवटा स्थानीयतह मध्ये क प्रदेशमा छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका रहेका छन भने ख प्रदेशमा सोरु र खत्याड गाउँपालिका रहेको पार्टी उपसभापति कर्ण रावलले बताए ।
वि.सं.२०७९ भदौ १८ शनिवार १६:४७ मा प्रकाशित






























