back
CTIZAN AD

विदेशबाट फर्केर आफ्नै देशमा केहि गर्छु भन्ने युवालाई सरकारले सहयोग गर्नुपर्छ

वि.सं.२०७९ भदौ २१ मंगलवार

1.3K 

shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अघिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क छ । राहदानी लिनेमा महिला पुरुष लगभग बराबरी छन् ।

जिल्लामा राहदानी बनाउनेमध्ये वैदेशिक रोजगारीमा जाने मात्र नभएर विदेशमा उच्च शिक्षा अध्ययन र वैदेशिक भ्रमणमा जाने पनि पर्दछ । तर अधिकांश युवा श्रमकै लागि विदेशिने गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा केही वर्ष मलेसिया बसेर आउका मेलम्ची–७ का कृष्णलाल श्रेष्ठ तरकारीखेती गरिरहेका छन् । उनले अब विदेश नजाने भन्दै आफ्नो पेशालाई निरन्तरता दिने बताउछन् । उनले आफूजस्ता युवा तथा कृषकका लागि तिनै तहका सरकारको सहयोग गनुपर्ने उनको भनाइ छ ।

दुबईबाट फर्किएका पाँचपोखरी थाङ्पाल गाउँपालिका युराज भट्टराई तीन तहका सरकारले युवालक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताउछन् । “आफ्नो सीप, दक्षता र क्षमताका आधारमा स्वदेशमै केही गरौँ भन्ने विदेशवाट फर्केका युवाका लागि सही व्यवस्थापन गर्नसकेमा विदेशबाट फर्केका मात्र नभई स्वदेशकै युवाले पनि अवसर पाउने थिए”, उनले भने ।

अहिले कतिपय स्थानीय तहले विशेष गरेर विदेशबाट फर्केकाको समस्या सम्बोधन गर्ने प्रयास पनि गर्न थालेका छन् । उनीहरुलाई सामूहिक लगानीको अवसर सिर्जना गरेर स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक योजनाको छनोट गरिरहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

पाँचपोखरीका नागरिकको आम्दानीको मुख्य स्रोतमध्ये वैदेशिक रोजगार पनि हो । यहाँका अधिकांश युवा विदेशिने गरेका छन् । विदेशबाटै फर्किएका मेलम्ची– ७ का श्रीकृष्ण श्रेष्ठ गाउँमै रोजगारको अवसर र लगानी गरेर कमाउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १५:३२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...