back
CTIZAN AD

श्रृजनशील लघुवित्तको आईपिओ बाँडफाँड

वि.सं.२०७९ भदौ २७ सोमवार

762 

shares

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको र योग्य रहेका १८ लाख ३७ हजार ४ सय ३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो ।

नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।

श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँडको मिती तय

वि.सं.२०७९ भदौ २७ सोमवार ११:३२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...