back

ग्रामीण क्षेत्रका जनताले भोट हाल्न नपाउने

वि.सं.२०७३ चैत १५ मंगलवार

537 

shares

१५ चैत, जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् ।

त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ । फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले व्यापक प्रचारप्रसार नगर्दा उनीहरुले भोट हाल्न नपाएको बताएका छन् ।

यो परिवारजस्तै यही वडाकै धनवहादुर विकका छ जनाको परिवारले पनि मतदान गर्न नपाउने भएको छ । गाउँमा मतदाता नामावली भर्न कोही नआएका कारण आफूहरु छुटेको धनबहादुरले बताउनुभयो ।

त्यस्तै, बारेकोट गाउँपालिका–१ की महिला पेन्टे खत्रीको पाँचजनाको पूरै परिवारले मतदान गर्न नपाउने भएपछि खिन्न भएको बताएका छन् । मतदाता नामावली भर्न कति खेर आए उनीहरुलाई थाहा नै नभएको उनीहरुले बताएका छन् ।

नागरिकता भएपछि भोट हाल्न पाइँदैन र रु पेन्टेका श्रीमान् लाल बहादुर खत्रीले प्रश्न गर्नुभयो । उहाँलाई फोटोसहितको मतदाता नामावली नभएमा भोट हाल्न पाइँदैन भन्नेसम्म थाहा नहुँदा समस्या भएको सुनाउनुभयो ।

सञ्चारमाध्यमको पहुँच नभएका र वैदेशिक रोजगारी तथा भारतमा कमाइ गर्न गएका अधिकांश स्थानीय फोटोसहितको मतदाता नामावलीमा छुटेको पाइएको छ ।

वि.सं.२०७३ चैत १५ मंगलवार ०३:२९ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...