back
CTIZAN AD

एसिसी इमर्जिङ टिम्स क्रिकेट : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

वि.सं.२०७३ चैत १५ मंगलवार

792 

shares

१५ चैत, काठमाडौँ । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । एकसय ८१ रनको विजयी लक्ष्य पाकिस्तानले चार विकेटको क्षतिमा ४५ दशमलव १ ओभरमा पुरा गर्यो ।

पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले अविजित १०४ रन बनाए । उनले एकसय ३५ बल खेल्ने क्रममा नौ चौका प्रहार गरे । यस्तै, हमिद आजमले अविजित २२, इमरान बटले २१, हरिस सोहेलले १७ तथा मोहम्मद रिजवानले १० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुईदुई विकेट लिए । फास्ट बलर दीपेश श्रेष्ठ र स्पिनर सुशन भारीले पाकिस्तानसँगको खेलबाटै नेपाली सिनियर टोलीमा डेब्यु गरेका छन् ।

यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा सुनिल धमलाले एकसय २५ बलको सामना गर्दै ४३ रन तथा शरद भेषवाकरले ५९ बल खेल्दै ३८ रन बनाए । यस्तै, बिनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ पाकिस्तानका गुलाम मुदासारले पाँच तथा उसमा मिरले दुई विकेट लिए ।

पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ९ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित इमर्जिङ टिम्स कप सन् २०१३ पछि आयोजना भएको हो ।

नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समुह ए मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समुह बि मा भारत, श्रीलंका, मलेसिया र हङकङ रहेका छन् ।

प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मङ्गलबार बङ्ंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

वि.सं.२०७३ चैत १५ मंगलवार ०२:५८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...