back
CTIZAN AD

अमेरिकामा तेक्वान्दो खुला प्रतियोगिता, नेपालीलाई ४४ वटा पदक प्राप्त

वि.सं.२०७३ चैत १५ मंगलवार

879 

shares

kumar-2विजय थापा ,वाशिंगटन डिसी । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया को रेस्टनमा गत मार्च २५ तारिखमा सम्पन्न भएको नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले कुल ४४ वटा पदक प्राप्त गरेका छन् ।अधिकांश खेलाडी अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडीहरु रहेका छन् । उक्त तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व सहित कूल ४४ वटा पदक प्राप्त गर्न सफल भएका छन्।

उक्त प्रतियोगितामा बाल्टिमोर स्थित एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी को टिम एवरेस्ट नामक समुहले समुह पदको साथै १७ वटा स्वर्ण ,१६ वटा रजत तथा ११ वटा कास्य पदक गरि कुल ४४ वटा पदक प्राप्त गरेका छन् ।

यसै गरि नेपालका पूर्व खेलाडी ,अन्तरराष्ट्रिय/राष्ट्रिय प्रशिक्षक ,अन्तरराष्ट्रिय निर्णायकहरुको सहभागिता उल्लेख्य रहेको थियो । सन् २००९ देखि नै अमेरिकामा रहेका अन्तरराष्ट्रिय/राष्ट्रिय प्रशिक्षक तथा अन्तरराष्ट्रिय निर्णायकहरुको अहम भूमिका रहेको थियो ।

एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका बिद्यार्थीहरुले पुम्से तथा स्पारिङ्गमा पदक हासिल गरेका थिए l उक्त एकडेमी बाट ३१ जना बिधार्थीले भाग लिएका मध्ये १८ जना नेपली समुदायका बालबालिकाहरुले भाग लिएका थिए।

१२-१४ बर्ष सम्म को खेलमा कृषा कार्की स्पारिङ्ग(भिडन्त) तथा पुम्सेमा दुवैमा प्रथम ,यसै गरि १८ बर्ष र माथिका उमेरमा सजनी राई स्पारिंग तथा पुम्सेमा दुवैमा प्रथम ,अमन गुरुङ १५ -१७ बर्ष समुहमा दुवैमा प्रथम ,प्रणव गर्बुजा स्पारिंगमा प्रथम तथा पुम्सेमा दोश्रा भएका छन्।

यसै गरि ८-९ बर्ष को समुहमा हेगन छ्नात्यल स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो ,११-१२ बर्ष को समुहमा सिम्रेन गुरुङ स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो स्थान ,यसै गरि ११-१२ बर्ष सम्म को समुहमा प्रोसेस अधिकारी स्पारिंगमा प्रथम तथा पुम्सेमा तेश्रो भएका थिए l

यसै गरि १२-१४ बर्ष सम्म उमेर समुहमा हेमन छन्त्याल भिडन्तमा प्रथम ,५-६ बर्ष समुह उमेरमा मलिना छन्त्याल भिडन्तमा प्रथम,८-९ बर्ष उमेर समुहमा अभानिश गर्बुजा भिडन्तमा दोश्रो तथा पुम्सेमा पनि दोश्रो भएका छन् ।
kumar-1
यसै गरि ९-१० बर्ष उमेर समुहमा का डेन छन्त्याल भिडन्तमा दोश्रो तथा पुम्सेमा दोश्रो ,६-७ बर्ष समुह महिला समुहमा श्रेया ढकाल भिडन्तमा दोश्रो तथा पुम्सेमा दोश्रो ,यसै गरि१२१४ बर्ष समुहमा निरज ढकाल भिडन्तमा दोश्रो तथा पुम्सेमा दोश्रो स्थान प्राप्त गरेका छन् l

यसै गरि १२-१४ बर्ष उमेर समुहका कालो फित्ताधारी ( ब्लाक बेल्ट) मा भिडन्तमा तेस्रो तथा पुम्सेमा दोश्रो ,यसै गरि ८-९ बर्ष समुहमा प्राणीमा आचार्य भिडन्तमा तेश्रो तथा पुम्सेमा पनि तेश्रो स्थान प्राप्त गरेकी छिन् ।
यसै गरि १०-११ बर्ष समुहमा सबिन राई स्पारिङ्गमा तेश्रो स्थान तथा पुम्सेमा पनि तेश्रो स्थान ,१०-११ बर्ष समुहमा रायन छन्त्याल भिडन्तमा तेश्रो स्थान तथा ८-९ बर्ष समुहमा ट्रिना छन्त्याल भिडन्तमा तेश्रो स्थान हासिल गरेकी छिन् ।

kumar3

उक्त नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका संस्थापक तथा नेपाली मूलका प्रमुख समुह प्रशिक्षक मास्टर कुमार कार्की ,टोलि प्रशिक्षक मास्टर कल्पना कार्की ,टोलि प्रशिक्षक मास्टर निमा धमला तथा टोलि प्रशिक्षक रोमित छेत्री रहेका थिए ।

यसै गरि अन्तर्राष्ट्रिय निर्णायकमा मास्टर दिनेश श्रेष्ठ तथा मास्टर राजु छेत्री रहेका थिए l यसै गरि राष्ट्रिय निर्णायक गर्ने हरुमा मास्टर कृष्ण बलाल ,मास्टर राम चन्द्र केसी ,मास्टर दुर्गा गुरुङ तथा मास्टर घन बहादुर थापा रहेका थिए ।

उक्त प्रतियोगिताको लागि अमेरिकाका बिभिन्न राज्यहरु बाट गरि करिव ६ सय खेलाडीहरुले भाग लिएका थिए ।

वि.सं.२०७३ चैत १५ मंगलवार ०५:११ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...