Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

विज्ञान दिवस र नेपालको अवस्था



गरिबी निवारण, रोजगारी सिर्जना, वैकल्पिक शक्तिको विकास गर्नेदेखि वर्तमान समयमा भरपुर उपयोग बनेका इन्टरनेट, गुगल, स्मार्टफोन सबै विज्ञानकै उपज हुन् र कुनै समयका अब्बल प्राध्यापक र अन्वेषणकर्ताका उपहार हुन् । आवश्यकतालाई परिपुर्ति गर्ने, दर्शनलाई व्यवहारिक दृष्टिगत गराउने काम विज्ञानले गर्दछ । प्रकृति र मानवलाई जोडेर प्राकृतिक न्यायको मार्ग दर्शन विज्ञानबाट मात्र सम्भव हुन्छ ।

 

मानिस खोज, अनुसन्धान र नवप्रवर्तनका लागि सधैँ अग्रसर र तत्पर रहेको हुन्छ । कुनै पनि समाज र राष्ट्रको सन्तुलित विकासको लागि शिक्षा, स्वास्थ्य, नैतिकता, न्याय, संस्कृति जस्ता विषय निर्माण गर्ने तथा मानव अवस्थालाई सुधार गर्न विज्ञानको अहम् भूमिका हुने गर्दछ । गरिबी निवारण, रोजगारी सिर्जना, वैकल्पिक शक्तिको विकास गर्नेदेखि वर्तमान समयमा भरपुर उपयोग बनेका इन्टरनेट, गुगल, स्मार्टफोन सबै विज्ञानकै उपज हुन् र कुनै समयका अब्बल प्राध्यापक र अन्वेषणकर्ताका उपहार हुन् । आवश्यकतालाई परिपुर्ति गर्ने, दर्शनलाई व्यवहारिक दृष्टिगत गराउने काम विज्ञानले गर्दछ ।

प्रकृति र मानवलाई जोडेर प्राकृतिक न्यायको मार्ग दर्शन विज्ञानबाट मात्र सम्भव हुन्छ । विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उद्देश्यका साथ बिक्रम सम्वत् २०६९ साल मंसिर ८ गते नेपालमा प्रत्येक वर्ष असोज १ गते विज्ञान दिवस मनाउने निर्णय भएको थियो । पब्लीक साइन्स कलेज (हालको अमृत साइन्स कलेज)को स्थापना दिनको अवसरमा विज्ञान दिवस मनाउने निर्णय भएको हो । उक्त दिन विज्ञान र प्रविधिको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका स्वर्गीय अमृतप्रसाद प्रधानको स्मृति दिवस पनि पर्ने गर्दछ ।

विज्ञान र प्रविधिको क्षेत्रमा अग्र्रस्थानमा रहेका राष्ट्रहरु विकासको उच्च श्रेणीमा छन् भने यसमा पछाडि परेका राष्ट्रहरु कम विकसित छन् । जुन देशमा विज्ञान र प्रविधिलाई बजेट, नीति निर्माण र कार्यान्वयनको पाटोमा अग्र स्थानमा राखिन्छ, उक्त राष्ट्रमा मानव जीवन, अन्वेषणको क्षेत्र र विकास तिव्र गतिमा अगाडि बढेको छ । हाम्रो देश नेपालमा अनुसन्धान र विकासमा लगानी जम्मा वार्षिक जिडिपीको ०.३ प्रतिशत मात्र छ । जुन अत्यन्तै न्यून हो । विज्ञानलाई चुनावी नारा र केही क्षणको संवेग उत्पन्न गराउनको लागि मात्र प्रयोग गरिनु अत्यन्तै दुःखद र अदुरदर्शी हँुदै आएको छ । हाम्रो जस्तो राष्ट्रमा कृषि आधुनिकीकरण, सौर्य उर्जा, हाइड्रो, वायु उर्जा जस्ता क्षेत्रमा अग्रसरता लिँदै खोज तथा अन्वेषणको क्षेत्रमा अगाडि बढ्न सके देश विकासको नयाँ बाटो सतहमै देखिन सुरु गर्छ । जुन देशमा विज्ञानलाई भाषणको उपमा र विशेषणमा जोडिन्छ व्यवहार र प्रयोगात्मकरूपमा गरिदैन त्यो देशको विकास सम्भव हँुदैन, देश विकासका लागि विज्ञानलाई गर्नुपर्दछ ।

यसवर्ष आज २०७९ असोज १ मा “विज्ञान र प्रविधिमा लगानी विस्तार ःसमुन्नति र समृद्धिको आधार” भन्ने नाराका साथ देशभर दशौं राष्ट्रिय विज्ञान दिवस मनाईदै छ । कुनैपनि समाज र वातावरणको मूल्य, मान्यता र अवस्थितिलाई पुस्तानान्तरण गर्दै विज्ञान, प्रविधि र समाजलाई एकीकृत गर्न सकियो भने उच्च विकसित राष्ट्र र कम विकसित राष्ट्रबिचको असमानता तथा समाजको विभिन्न क्षेत्रमा देखिएको असमानता हटाउन सकिन्छ । विज्ञान र प्रविधिको माध्यमबाट मात्र व्यक्तिगत समृद्धि, सामाजिक समृद्धि ल्याउन सकिन्छ र समग्रमा राष्ट्रलाई समुन्नति र समृद्धिको दिशामा डो¥याउन सकिन्छ ।

विकास भनेको आर्थिक वृद्धि गर्नु, असमानता हटाउनु र गरिबी उन्मुलन गर्नु हो । जसका लागि विज्ञान र प्रविधिले आर्थिक क्षेत्रमात्र नहेरी प्राकृतिक तथा सामाजिक वातावरणमा सद्भाव कायम राख्नु पर्दछ । विज्ञान र प्रविधि नै समुन्नति र समृद्धिको केन्द्रबिन्दु भएकोले हाम्रो लगानी पनि यसैमा हुनु अनिवार्य हुन्छ । संघ, प्रदेश र स्थानीय तहमा बजेट बिनियोजन गर्दा विज्ञान र प्रविधिको क्षेत्रमा विशेष ध्यान दिनु जरुरत हुन्छ । विद्यालय तथा विश्वविद्यालय तहमा ओजेटीमा आधारित कार्यक्रम र विद्यालय तथा विश्वविद्यालयभन्दा बाहिर रहेका युवाहरुलाई स्कीलमा आधारित कार्यक्रम सञ्चालन गर्न सकियो भने सबै युवा स्वदेशमा रमाउने वातावरण तथा शैक्षिक बेरोजगार हटाउने वातावरण तयार गर्न सकिन्छ । जसका लागि विज्ञान र प्रविधिको क्षेत्रमा उच्च लगानी जरुरत पर्दछ ।

हामीले हाम्रा प्रत्येक संस्कृतिमा विज्ञान खोज्यौ भने स–साना बालबालिकाहरु संस्कृतिमा झुम्नेछन् अनि विज्ञानलाई बुझ्नेछन् । विज्ञान र प्रविधिको उपयोग विस्तारबारे जनचेतना फैलाउन, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नव प्रतिभालाई प्रोत्साहन गर्न, विज्ञान–प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्न र युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रकृतिलाई न्यूनिकरण गर्न सकियो भने मात्र राष्ट्रलाई समुन्नति र समृद्धिको दिशामा डो¥याउन सकिन्छ र विज्ञान दिवस मनाउनुको अर्थ हुन्छ । घर तथा विद्यालयदेखि विश्व विद्यालय तहसम्मका विद्यार्थीहरुलाई प्रविधिमैत्री तथा प्रयोगमुखी बनाउने, प्रयोगशाला निर्माण र उपयोग गर्ने, सडकदेखि सदनसम्म वैज्ञानिक चेतना अभिवृद्धी गर्ने तथा किसादेखि नेतासम्म विज्ञानलाई जोड्न सके देशको चौतर्फी विकास छिटै सम्भव हुन्छ ।

(भण्डारी श्री जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट –०५, नवलपरासीका विज्ञान शिक्षक हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको