back
CTIZAN AD

द्वन्द्वपीडित लक्षित विशेष कृषि कार्यक्रमका २२ जना कृषक छनोट

वि.सं.२०७३ चैत १५ मंगलवार

768 

shares

१५ चैत लिबाङ, रोल्पा । द्वन्द्वपीडित लक्षित विशेष कृषि कार्यक्रमका लागि जिल्लाका २२ जना कृषक छनोटमा परेका छन् ।

कृषकले निवेदन दिएका आधारमा छनोट गरिएको हो । जिल्लामा द्वन्द्वका कारण ज्यान गुमाएका परिवारबाट ३६ जना, अपाङ्ग परिवारबाट नौ, विस्थापित परिवारबाट १८ र स्थानीय शान्ति समितिको कार्यालयले सिफारिस गरेका दुई जनाले निवेदन दिएका थिए । स्वरोजगार सम्भावना, प्राविधिक उपयुक्तता, हालसम्म सेवा पाए नपाएको, आर्थिक अवस्था तथा निवेदक कृषकको द्वन्द्वप्रभावित अवस्थाको मूल्याङ्कनका आधारमा कृषकलाई छनोट गरिएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसरी छनोटमा परेका कृषकले कार्यालयबाट प्रतिव्यक्ति र ४० हजारका दरले अनुदान पाउनेछन् । ती कृषकले तरकारीखेती, प्लास्टिक घर र थोपा सिँचाइ अनिवार्य रुपमा गर्नुपर्ने छ । जग्गा भाडामा लिएर तरकारीखेती गर्न चाहने कृषकलाई सोही रकमबाट प्रतिव्यक्ति रु १५ हजारसम्म अनुदान दिइने बताइएको छ ।

वि.सं.२०७३ चैत १५ मंगलवार १०:३२ मा प्रकाशित

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...