back
CTIZAN AD

सवारीले ठक्कर दिँदा बेलायतमा नेपालीको मृत्यु

वि.सं.२०७३ चैत १५ मंगलवार

744 

shares

बेलायतको बर्मिङहममा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।  गुल्मीको रुरु गाविस थोर्गा घरभई हाल बेलायतको बर्मिङहममा बस्ने ४५ वर्षीय दिल सुवेदीको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको स्थानीय नेपाली समुदायले जानकारी दिएका छन् ।
शान्ति नेपाली समाज बर्मिङहमका कार्यकारी सदस्य यज्ञ खरेलका अनुसार मंगलबार (२८ मार्च) का दिन सुवेदीको व्यक्तिगत डाक्टरले घरमै आएर उनको मृत्यु भएको जानकारी दिएको जनाइएको छ ।
हरियो बत्तिका सिग्नलमै पैदल हिडेर बाटो काट्ने क्रममा तीब्र गतिमा आएको कारले ठक्कर दिँदा उनको तत्कालै मृत्यु भएको बताइएको छ । सुवेदीसँगै बाटो काटीरहेका अर्का साथीले पछाडि फर्केर हेर्दा सुवेदी २० मीटर पर उछुट्टिएका थिए भने प्रहरीले उनलाई घटनास्थलमा जान समेत रोक लगाएको थियो ।
तीन छोरा र श्रीमतीसँग बेलायतमा बस्दै आएका सुवेदीको आइतबार राति कामबाट घर फर्कने क्रममा घर नजदिकै उक्त दुर्घटना भएको जनाइएको छ ।

वि.सं.२०७३ चैत १५ मंगलवार १०:२८ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...