back
CTIZAN AD

नेपाललाई पुरुष भलिबलमा पहिलो अन्तर्राष्टिय पदक

वि.सं.२०७३ चैत १६ बुधवार

930 

shares

काठमाडौँ । माल्दिभ्समा जारी तेस्रो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

नेपालले पुरुष भलिबल प्रतियोगितामा पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । माल्दिभ्सको राजधानी मालेमा मंगलबार भएको कीर्गिस्तानसँगको खेलमा ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । कीर्गिस्तानसँगको खेलमा नेपाल १६–२५, २३–२५ र २०–२५ अङ्कले पराजित भएको हो ।

प्रतियोगितामा आयोजक माल्दिभ्ससँगै नेपाल, कीर्गिस्तान र टुर्किमिनास्तानको सहभागिता रहेको छ । यसअघि नेपालले माल्दिभ्सलाई हराएको थियो । कीर्गिस्तान र ताजिकिस्तानले सेन्ट्रल जोन उपाधिका लागि बिहिबार खेल्नेछन् ।

नेपालले चार दशकदेखि अन्तर्राष्टिय भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । तर पुरुष भलिबल टोलीले पहिलोपटक पदक जितेको मालेमा रहनुभएका भलिबल प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिनुभयो ।

नेपाली महिला भलिबल टोलीले भने दक्षिण एसियाली खेलकुदमा तीनवटा कास्य पदक जितिसकेको छ । ‘पहिलोपटक कास्य पदक जितेका छौँ, यो नेपाली भलिबलका लागि ठूलो सफलता हो’ प्रशिक्षक भट्टले भन्नुभयो ।

सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट नेपाली पुरुष भलिबल टिमले अन्तर्राष्टिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।

यस्तै नेपालले सन् १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो ।

सन् १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग)देखि नियमित रुपमा सहभागिता जनाउँदै आएपनि नेपालले पुरुष भलिबलमा पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला भलिबल टोलीले भने तीनवटा कास्य पदक जितेको छ ।

वि.सं.२०७३ चैत १६ बुधवार ०२:५६ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...