Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेश गएर भविष्यको लागि केही जोहो गर्ने भन्दा पनि यहाँको जीवन धौ–धौ छ



letter2प्रिय सन्तोष, धेरै धेरै माया,

सन्तोष, हामी यहाँ सबै कुशल मंगल छौ र त्यहाँ हजुरको पनि सुस्वास्थ्यको भगवानपसँग प्रार्थना गर्दछौं । बेलाबेलामा हजुरले फोन गरे पनि के कस्तो छ बाहेक अरु सोध्नुहुन्न । फेरि मैले घरव्यवहार कसरी चलाएको छु भनेर हजुरले कहिल्यै बुझ्ने कोशीस गर्नुहुन्न । उहि पहिला मैले त्यत्ति पैसा पठाउँदा तिमीहरुलाई आनन्दले खान पुग्थो अहिले पुग्दैन ? भनेर झर्कनु हुन्छ । हजुर त्यहाँ सुखले बस्नु भएको होइन, दुःख छ त्यो मलाई थाहा छ, त्यहि सम्झेर अरु आइमाईल झैे मैले श्रीमानको कमाई उडाएर चैनले बाँचेकी छैन । श्रीमान विदेश हुनेहरु कुनै दुःख नगरि बसी बसी खाएका छन् । आफूले चाहेजस्तो लाएका छन् .खाएका छन् । छोराछोरीलाई पनि महँगो स्कुलमा राखेर पढाएका छन् । त्यो देख्दा मलाई पनि रहर नलागेको होइन । तर मैले हजुरको दुःख बुझेर फजुल खर्च गरेर पैसा उडाएकी छैन । हजुरले नेपाल छोड्दा र अहिलेको महंगी आकाश जमिनको फरक छ । अहिले तरकारी किन्न जाँदा सिजनमा पनि ५० रुपैयाँ घटि केही पाईदैन । अझ, दाल तेल, चिनी, सबै कुराको महंगी त्यक्तिकै बढेको छ । हजुर ५ वर्ष अघिको बजारको हिसाब गरेर मलाई बढी पैसा खर्च गरिस्, के गरेकी छस् भनेर शंका गर्नुहुन्छ ।
हजुरले छोराछोरी छोड्दा सानै थिए । अहिले उनीहरु पनि ठूला भैसके । शहरमा केही नयाँ देखे, साथीभाईले नयाँ केहि लाए मलाई पनि किनिदिनुस् भनेर कराउँछन् । हाम्रो साथीको बाबा पनि कतारमै जानुभएको हो उसको बाबाले कत्ति पैसा पठाउँछन्, नयाँ नयाँ कपडा किन्छन्, हाम्रो बाबा पनि त्यहि जानु भएको हो । पैसा पनि पठाइ रहनुभएको होला हामिलाई पनि त्यस्तै किनीदिनु न आमा भन्छन् । ठूला भए पनि उनीहरुले दुःख के हो ? कसरी खर्च गर्नुपर्दछ हामीले ? हाम्रो बाबाले कतिसम्म हाम्रो खर्च धान्न सक्नुहुन्छ भन्ने सोच्न सक्ने भएका छैनन् । गाली गर्दा आजकल केटाकेटी रिसाएर कतै केही हुने हो कि भन्ने चिन्ता, मायाँ गरेर भन्दा बुझ्दैनन् ।

एकातिर काठमाडौंको यो महंगी, छोराछोरीको माग अर्को तिर हजुरले अड्कल्दै मलाई पठाउनु भएको खर्चले कसरी धान्ने ? गाह्रो भएको छ मलाई । काठमाडौंको घरभाडा उस्तै महंगो छ । बजेट भाषण आएपछि घरबेटीहरुलाई दशैं आएजस्तो हुन्छ भाडा बढाइहाल्छन् । हजुर जाँदा दुई हजारमा बस्न थालेको कोठा भाडा नै बढेर ९ हजार भन्दा बढी पुगेको छ । यसो बाहिर निस्कीयो भने गाडी भाडा पनि तिरी साध्य छैन । गाउँबाट कहिले को कहिले को बिमारी आफन्त र गाउँलेहरु आइरहन्छन् उनीहरु कहिले कुन अस्पताल कहिले कुन अस्पताल लिएर हिँड्दामै मेरो १५ सय दुई हजार खर्च हुन्छ । विदेशी पैसा आएकै होला, कति कमायो ? कति ठाउँमा जग्गा जोडेको छ ? बैंकमा पनि राखेकै होला भन्ने प्रश्न गर्दछन् । बेलाबेलामा पैसा पठाइरहनुहुन्छ । जग्गा त जोड्न सकिएको छैन भन्दा उनीहरुले पत्याउँदैनन् । शायद हजुरले यहाँ बढेको महँगी नपत्याउनु र उनीहरुले हामीले केहि जोड्न सकेको छैन भन्दा नपत्याउनु उस्तै होला । हजुर आँफै आउनु भयो भने बल्ल थाहा पाउनु होला । पैसा काठमाडौंमा खोलो बगेसरी बगाउनु पर्दछ । विदेश गएर भविष्यको लागि केही जोहो गर्ने भन्दा पनि बसेर खान र बालबच्चा पढाउन पनि धौ धौ हुन लागिसक्यो ।

यहाँ म केटाकेटीलाई पढाउन पनि दुःख गरेर पु¥याइरहेको छु । हजुर गतसाल नै आउँछु भन्नु भएको थियो तर आउनु भएन । वैशाखमा नयाँ वर्ष मनाउन पक्का आउँछु भन्नु भएको छ रे भनेर मैले घरतिरबाट फोन आउँदा आमाले भनेको सुनेको हो । हजुर म सँग खुलेर पनि कुरा गर्नुहुन्न । महंगी बढ्नु र हाम्रो खर्च बढ्नुमा मेरो के दोष छ ?

मैले हजुरले पठाएको पैसा बैंकमा राखेर चैन काटेको पनि छैन । तैपनि हजुर मेरो कुरामा विश्वास गर्नुहुन्न । छोराछोरीलाई पनि कहिल्यै सम्झाउने बुझाउने गर्नुहुन्न । छोराछोरीलाई पनि कहिल्यै सम्झाउने बुझाउने गर्नुहुन्न । हजुरले नै फोन गरेर उनिहरुलाई सम्झाइदिए मैले भनेको पनि सम्झन्थे होलान् । उनीहरुले बाबा यस्तो चाहियो भन्दा मम्मीलाई भन भन्नुहुन्छ हजुरले अड्कलेको पैसामा मैले घरखर्च चलाउँ की उनीहरुको चाहना पुरा गरौँ ? हजुर अब वैशाखमा घर आउँनु हुनेछ र काठमाडौंको महँगी आफैँले देखेपछि विश्वास गर्नुहोला भन्ने अपेक्षा गरेको छु ।

हजुरले मेरो कुरामा विश्वास नगर्दा मलाई मनमा लागेको पीडा पोखेको मात्र हुँ यसलाई हजुरले अन्यथा लिनु हुनुछैन । मेरो पत्र पढेर तपाईलाई साथीहरुले के भन्लान् भन्ने नठान्नु मैले मेरो यथार्थ नाम राखेकी छैन । तर तपाईलाई यो मेरो नाम हो भन्ने थाहा छ । तपाई आउनु भएपछि हजुरको मनमा लागेका शंका हट्नेछ भन्ने कल्पना गरेर बसेकी छु ।
उहि तपाईकी जीवन सँगिनी रमा भण्डारी, बागबजार, काठमाडौं


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको