back
CTIZAN AD

आज असोज १२ गते बुधबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७९ असोज १२ बुधवार

699 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च भने बढाउन सक्छ। औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ। अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। अवसर प्राप्त भए पनि काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ। अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुखद समाचारले उत्साह जगाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछ। लगानीतर्फ लागत बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। छोटो समयमै उचित कर्मफल प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको मेहनत र लगानीले भने अवश्यै फाइदा दिनेछ। व्यापार सामान्य रूपमा चल्नेछ। नियमित काम पनि सम्पादन हुनेछन्। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। काम रोकिनाले मन खिन्न रहनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थिति केही असहज रहने समय छ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला। विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

२०७९ असोज १२ गते, बुधवार, २८ सेप्टेम्बर २०२२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज असोज ११ गते मंगलबारको राशिफल भन्छ–आज यी सात राशिकालाई हुनेछ फाइदा !

वि.सं.२०७९ असोज १२ बुधवार ०७:४४ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...