टीकापुर, कैलाली । आख्यानकार गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट’ उपन्यासको विमोचन भएको छ ।
थापाको गृहनगर टीकापुरमा आयोजित एक कार्यक्रमका उपन्यासको विमोचन गर्दै वरिष्ठ साहित्यकार रामलाल जोशीले थापाको लेखकिय शैलीलाई उनको कृति कर्णालीको छेउछाउ देखि नै आफुले पछ्याउँदै आइरहेको बताए । जोशीले सूदुरपश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफुहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको बताए ।
अस्ताचलको ढोकाबाट कृति संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको र यसमा लेखकले आफ्नो मृत्यु पछिको अलौकिक स्वप्न यात्रालाई पुर्वीय दर्शनमा टिक्दै जिवन्त कथा बनौट गरेको पाईएको प्रा. डा. धनकृष्ण उपाध्यायले पुस्तक माथी समिक्षा गर्दै बताए । वास्तबमै यो कृति नेपाली साहित्यका लागि नृसिंह अवतार रहेको बताए ।

देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कर्णबहादुर थापा, धनन्जय तिमिल्सिना, टीकापुर विकास समितिका पूर्वअध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा र छोरी पदमिनी थापाले समेत थापाको ब्याक्तित्व र कृतिमाथी आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।
स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा सङ्ग्रह ,२०३५),कर्णालीको छेउछाउ (उपन्यास,२०७१), पुर्खाको चिट्ठी (उपन्यास,२०७२),मेरो मधुशाला ( उपन्यास, २०७४), उज्ज्वली ( लघु उपन्यास, २०७६), महाप्रलय (उपन्यास,२०७७) र मरुभूमिकि महारानी (लघु उपन्यास, २०७७) कृतिहरु प्रकाशित छन् ।

वि.सं.२०७९ असोज २३ आइतवार १४:३३ मा प्रकाशित






























