back
CTIZAN AD

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो

वि.सं.२०७३ चैत १७ बिहीवार

726 

shares

१७ चैत, पाल्पा । विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।

तानसेन नगरपालिकाभित्रका सडक बत्तीको झन्डै ८ वर्षदेखिको महसुल उठ्न सकेको छैन । विद्युत् प्राधिकरण पाल्पाले पटक पटक महसुल भुक्तानीका लागि पत्राचार गरेपनि नगरपालिकाले अटेर गरेको छ । प्रत्येक महिनाको रु चार लाख महसुल बढिरहेको प्राधिकरणका सहलेखापाल फशुराम पाण्डेयले बताउनुभयो ।

तानसेन नगरपालिकाका कार्यक्रम अधिकृत भरत आचार्यका अनुसार हाललाई विद्युत्को महसुल भुक्तानीमा बजेट प्राप्त नहुँदा समस्या भएको छ । उहाँले स्थानीय तहको निर्वाचनपछि विद्युत् महसुलको समस्या हल हुने बताउनुभयो ।

तानसेनको भगवतीटोलमा दिउँसोको बेला सडकमा बत्ती बलिरहे पनि स्थानीय, नगरपालिका र विद्युत् प्राधिकरण कर्मचारीको बेवास्ताका कारण विद्युत् अनुत्पादक क्षेत्रमा खर्च हुँदै गएको छ ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०७:२८ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...