back
CTIZAN AD

तीन हजारबाट म्यादी प्रहरीको आवदेन

वि.सं.२०७३ चैत १७ बिहीवार

909 

shares

१७ चैत, लुम्बिनी । लामो समयको अन्तरालपछि हुन लागको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा म्यादी प्रहरीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । प्रहरीले निर्वाचनका तयारीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भन्दै जिल्ला जिल्लामा म्यादी प्रहरीका लागि आवेदन फाराम माग गरेसँगै रुपन्देहीमा फाराम भर्नेको घुइँचो लागेको हो ।

बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न गर्न म्यादी प्रहरीले धमाधम फाराम भरिरहेको रुपन्देही प्रहरीले जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह निर्वाचनको विरोध गरेपनि यहाँका युवाको म्यादी प्रहरीमा निकै आकर्षण बढेको देखिएको छ ।
शनिबारदेखि सुरु भएको भर्ना अभियानमा आज दिउँसोसम्ममा ३ हजार जनाले फाराम भरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।
दुई महिना भएपनि रोजगारी पाइने र सेवा समेत गर्न पाइने भावना ती युवामा छ ।

रूपन्देहीमा फाराम भरेकाहरुमा ६० प्रतिशत मधेसी समुदायका युवायुवती छन् भने ४० प्रतिशत पहाडिया समुदायका छन् ।

म्यादीमा फाराम भरेकामध्ये पूर्वप्रहरी, पूर्व म्यादी प्रहरी, पूर्व नेपाली सेना र भारतीय सेनाका जवान रहेका छन् ।
म्यादीमा फाराम भर्न आएकामध्ये अधिकांश आइ।ए। तथा केही बि।ए। र एम।ए पढ्दै गरेका विद्यार्थीसमेत रहेको रूपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीमा एक हजार पाँचसय जति म्यादी प्रहरीको आवश्यकता पर्न सक्ने प्रहरीले अनुमान गरेको छ । रासस

वि.सं.२०७३ चैत १७ बिहीवार ०९:२५ मा प्रकाशित

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...