विमुन्स पौडेल, पोखरा
मलाई डुबाई बगर मा बसेको
भने हुन्छ को हो नजर मा बसेको
नपुग्दै किनारा छुट्यो प्रेम डुङ्गा
थियो मृत्यु को ऊ खबर मा बसेको
गरेँ यत्न धेरै बसाल्ने रहरले
उड्यो आज उल्टा सफरमा बसेको
हिजोसम्म जोजो थिएनन् चिनेका
भने आज ’तिम्रो अधरमा बसेको’
बन्यो खोलिएको हिया एक ढोका
र देखिन्छ कोही सटरमा बसेको
बहर -मुतकारिब मुसम्मन सालिम
वि.सं.२०७९ असोज २९ शनिवार ०८:४० मा प्रकाशित






























